नक्कली लाईसेन्सले गाडी चलाउने तीन समातिए

विदेशी नक्कली लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले तीन जनालाई समातेको छ। र उनीहरूको अभियोग समेत स्थानिय अदालतबाट प्रमाणित भएको छ। प्रहरीका अनुसार १७ सेप्टेम्बर २०२२ दिउँसो न्यू साउथवेल्सको ग्रिफीथमा एकजनालाई विदेशको नक्कली लाईसेन्स बनाएर गाडी चलाईरहेको अवस्थामा भेटेको हो। ग्रिफिथ राजमार्ग प्रहरी (ग्रिफिथ हाईवे पेट्रोल)ले मध्य पश्चिमी राजमार्ग (मिड वेस्टर्न हाईवे) नजिकै रयांकिङ्स स्प्रिङ्समा सवारी जाँच गर्ने क्रममा तीनले नक्कली लाईसेन्स बनाएर अष्ट्रेलियामा लामो समय देखी सवारी चलाईरहेको भेटेको हो।

 
Car, Driver, Police, RBT test

प्रहरीले भिक्टोरियाको मिल्दुरामा बस्ने ४२ वर्षिय एक मलेशियन सवारी चालकले देखाएको मलेशियाको लाईसेन्स नक्कली रहेको फेला पारेको थियो। प्रहरीले उनले देखाएको लाईसेन्सको जाँच गर्दा ति व्यक्तिले मलेशियामा मोटरसाईकलको मात्र लाईसेन्स लिएको र त्यो पनि सन् २००५ मा नै म्याद सकिएको फेला पारेको जनाएको छ। प्रहरीले गरेको थप जाँचमा उनले अष्ट्रेलियाको कुनै राज्यबाट पनि लाईसेन्स नलिएको र छ वर्ष देखी ब्रिजिङ भिजामा बसिरहेको खुलेको थियो। प्रहरीले उनलाई ७ डिसेम्बर २०२२ ग्रिफिथको स्थानिय अदालतमा उपस्थित हुने आदेश दिएको थियो। जहाँ प्रहरीले लगाएको नक्कली कागजात बनाएर प्रभाव जमाएको, बिना लाईसेन्स सवारी चलाएको आरोप अपराध प्रमाणित भयो। प्रहरीले यसको जानकारी अष्ट्रेलियाको अध्यागमन विभागमा उनीहरूको भिजा सम्बन्धि निर्णय पुनरावलोकनका लागी समेत लेखेर पठाएको छ।

 

उनीसँगै १८ सेप्टेम्बरमा अरू दुई मलेशियन नागरिकलाई उस्तै प्रकृतिको नक्कली लाईसेन्सले गाडी चलाएको अभियोग अदालतबाट साबित भएको छ। ती मध्ये एकले आफूलाई सवारी चालक अनुमतिपत्र साथीले बनाएर दिएको भनेर भनेका थिए।

 प्रहरीको विज्ञप्ति 


If you have any information in relation to false drivers licenses, International or Australian, please contact Crime Stoppers on 1800 333 000 .

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्