सिड्नीको स्कुटर दुर्घटनामा नेपाली युवाको निधन

  • शुक्रबार राती ११ बजे आसपास दुर्घटना 
  • घटनास्थलमा नै निधन 
  • भरखरै २३ वर्ष लागेका 
  • गत वर्ष मात्र नेपालबाट आएका 
  • गोफण्डमीबाट करिब २० हजार डलर सहयोग संकलन 
Cherrybrook bike accident
Screen Grab from 7 News


सिड्नीको उत्तर पश्चिमी क्षेत्र चेरीब्रुकमा स्कुटर कारसँग ठोकिँदा एक नेपाली युवाको निधन भएको छ। स्थानिय प्रहरीका अनुसार शुक्रबार राती ११ बजे आसपास न्युलाईन रोड र पर्चेज रोडको चोकमा भएको दुर्घटनामा नेपाली युवा सुजन घिमिरेको घटनास्थलमा नै निधन भएको हो। निधन हुने सुजन घिमिरे भरखरै २३ वर्ष लागेका थिए भने गत वर्ष मात्र अष्ट्रेलिया आएको परिवारले जनाएको छ। दुर्घटनाका अर्का सवारी चालक २० वर्षका छन् र उनलाई प्रहरीले प्रारम्भिक स्वास्थ्य जाँच र सोधपुछ पछी रिहा गरेको छ। घटनाको थप अनुसन्धान भईरहेको छ। 

सुजनको पार्थिव शवलाई नेपाल लैजान एनआरएनएसँगको सहकार्यमा पहल सुरू भएको छ। उनको शवलाई नेपाल लैजानको लागी आर्थिक स्रोत जुटाउन गोफण्डमी सुरू गरिएको छ। अष्ट्रेलियन डलर १५ हजार उठाउन सुरू गरिएको गोफण्डमीमा तीन घण्टामा सात हजार डलर भन्दा बढी जम्मा भईसकेको छ। 

यहाँबाट गर्नुहोस् सहयोग

यो दुखको समयमा सुजनको शव नेपाल लैजान परिवारलाई तपाईं पनि सहयोग गर्न सक्नुहुन्छ। त्यसको लागी सहयोगको यहाँ क्लिक गर्नुहोस्। 
  

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्