सिड्नीमा रक्सी खुवाएर नेपाली किशोरी माथि जबरजस्ति

नयाँ नयाँ अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूको आर्थिक प्रेसर थाहा भएका कन्ट्र्याक्टर वा सवकन्ट्रयाक्टरहरूले कसरी शारिरीक शोषण गर्छन् भन्ने उदाहरण सिड्नीका एक नेपाली क्लिनिङ कम्पनी संचालकले देखाएका छन्। सिड्नीको याशफिल्डमा क्लिनिङ कम्पनी चलाउने आशिष लुईंटेलले आफ्नो कार्यालयमा कर्मचारीका रूपमा राख्न लागेकी युवतीलाई कामको पहिलो दिन नै मदिरा खुवाएर जबरजस्ती गरेको खबर बाहिरिएको छ।

girl

यो पनि पढ्नुहोस्ः काम नभएको दिन बोसले सम्पर्क गर्न नपाउने

दि सिड्नी मर्निंग हेराल्डमा प्रकाशित समाचार अनुसार उनले १८ वर्षकी र भरखरै नेपालबाट आएकी युवतीलाई कामको पहिलो दिन नै अफिसमा मदिरा खुवाएर जबरजस्ती गरेका थिए। सो दिन युवती महिनामारीको समयमा रहेको पनि उल्लेख छ। प्रहरीले घटना भएको दोस्रो दिन नै लुईंटेलको याशफिल्डमा रहेको वाईज क्लिनिङमा छापा मार्दा प्रहरीका अनुसन्धान अधिकारीहरूले त्यहाँ रगत, रयाल, शुक्रकिटका अंशहरु फेला पारेको उल्लेख छ। गतसाता मात्र ३१ वर्षका उनलाई अदालतले एकलाख डलर जमानतमा रिहा गरेको छ। उनकी श्रीमती र एक अर्की महिलाले जमानतको लागी पैसा जम्मा गरेको र उनी अष्ट्रेलिया आएको चार वर्ष मात्र भएको उल्लेख छ।

लुईंटेलको वाईज क्लिनिङले गत जुन महिनामा 'अफिस एडमिन अफिसर'का लागी युवती नै तोकेर कर्मचारी आवश्यकताको विज्ञापन गरेको थियो। 


@nepalipage #nepalimuser #nepsydmusers #nepalitiktok #nepsydmuser #sydnep #nepali #nepalitiktoker #nepaliaustralia ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्