नेपाली पासपोर्टको लागी लिईने अपोईनमेन्टको समय परिवर्तन

अष्ट्रेलियाबाट नयाँ पासपोर्ट तथा पुरानो पासपोर्ट नविकरणका लागी गर्नुपर्ने अनलाईन प्रि-ईनरोलमेन्ट (फर्म दर्ता)को अपोईनमेन्टको समय परिवर्तन भएको छ। नेपाली राजदूतावास क्यानबेराले अब यस्तो अपोईनमेन्ट क्यानबेराको समय अनुसार हरेक दिन विहान ९.३० मा खुलाउने भएको छ। नेपाली राजदूतावासले सार्वजनिक बिदा वा सप्ताहन्त (विकेण्ड)मा समय उपलब्ध देखिएपनि ति दिनहरूमा कुनै अपोईनमेन्ट नलिन अनुरोध गरेको छ। यदी ति दिनमा अपोईनमेन्ट लिएको खण्डमा बिदा लगत्तैको दिन दूतावास आउन अनुरोध गरेको छ।

 

Nepal ePassport

नयाँ विद्युतिय (ई) पासपोर्ट नविकरण तथा नयाँ बनाउने विषयमा क्यानबेरा दूतावासको खास भूमिका नभएको दूतावासको भनाई छ। अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले पासपोर्ट लिने सवालमा दूतावासको भूमिका बायोमेन्ट्रिक्स लिने, फोटो खिच्ने र सूचना सत्यापन गर्नेमा सिमित रहेको बताउनुभयो। काठमाण्डौंबाट पासपोर्ट विभागले गर्ने भएकाले पासपोर्टका विषयमा देखिएका समस्या समाधानका लागी आफूले निरन्तर विभागमा जानकारी गराएको उहाँको भनाई छ।

अपोईनमेन्ट लिन र पासपोर्टका लागी फारम भर्न नेपाली राजदूतावास अष्ट्रेलियाको पेजमा जानुहोस्। 

 

 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्