देउडामा पुस्तान्तर, बम्बैको रिमेक सिड्नी झाने रेल

पुस्तान्तरण सँगै विश्वसँगको नेपालीहरूको साक्षात्कारको स्थान, शैली र स्वरूपमा परिवर्तन आएको छ। पुस्तासँगै परदेशीने गन्तव्य फेरिएको छ। लाहौर, बम्बै भन्दा पनि नेपालको नयाँ पुस्ता सिड्नी अनि टोक्योसँग परिचित छ। सुदुरपश्चिम त्यो मेसोमा नपर्ने त कुरै भएन। जनजीवन नै यसरी परिवर्तन भएपछी त्यसको बाछिटाले साहित्य, कला, संगीत पनि नयाँपनबाट नभिज्ने त हुनै सक्दैन। 

Sydney Train on Platform


त्यही भएको छ, सुदुरपश्चिमको संगीत परम्परामा। देउडा सम्राट भनेर लोकपदवीले विभुषित नन्दकृष्ण जोशीकी सुपत्रीले समय र स्थान अनुसारको पुस्तान्तरण गर्नुभएको छ बुबाकै गीतमा। शब्द र संगीतमा केही रिमेक गरेर अष्ट्रेलियाको सिड्नी बस्दै आउनुभएकी श्रृंखला जोशीले नन्दकृष्ण जोशीको ‘बम्बै जाने रेल…’लाई ‘सिड्नी झाने रेल…’का रूपमा नयाँ शैली र शब्द संयोजनमा ल्याउनु भएको छ। 


‘चुईंक्यो मटर घुईक्यो रेल जति काट्यो पलाई झाँदो… चुईंक्यो मटर घुईक्यो रेल… सिड्नी जाने मेरै खेल…’ यसरी देउडाको भाकाले सुदुरपश्चिम अनि नेपालका गाउँ शहरबाट अष्ट्रेलियाको सिड्नीको सपना देख्ने अनि सिड्नीको रेलको तालिकासँगै जीवनको तारतम्य मिलाउने युवा पुस्ताको शैलीलाई समेटेको छ। 


‘आफू पनि सिड्नीमा बस्ने र यहाँको नेपाली अनि सुदुरपश्चिमबाटै आउनुभएकाहरूको भावनासँग मिल्ने भएकाले बुबाको बम्बै जाने रेललाई नै नयाँ स्वरूप दिएकी हुँ’, गायिका श्रृंखला जोशीले बताउनु भयो। उहाँको सिड्नी झाने रेल नन्दकृष्ण जोशी र जानकी भट्टराईको स्वरमा रहेको ‘बम्बै जाने रेल’को नयाँ संस्करण हो। यसले सुदुरपश्चिमको रोजगारीका लागी बम्बै पुरानो परम्पराको पुस्तान्तर भएर अष्ट्रेलिया, यूरोप, अमेरिका जाने सुदुरपश्चिमी युवाका ढुकढुकीलाई भावना र शब्दमा उतारेको छ। गीतको सन्देश र भावलाई रमणकुमार झाको निर्देशनमा बनेको 'म्यूजिक भिडियो'ले 'स्क्रिन'मा उतार्न सफल छ। 

@shrinkhala.joshi मेरो नयाँ गीत "Sydney झाने रेल" सुनेर माया र प्रतिकृया दिनुहोला। #sydneyjhaneyrail #sydneyrail #newsong #newdeudasong ♬ original sound - Shrinkhala Joshi

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्