अष्ट्रेलियामा घर किन्ने सोच्दै हुनुहुन्छ? हेर्नुस यी वेबसाईट

अष्ट्रेलियामा आएका नेपालीहरू मध्ये अधिकांशको सपना र चाहना हुन्छ अष्ट्रेलियामा स्थायी रूपमा नै बसोबास गर्ने। पीआर नै पहिलो चाहना हुन्छ धेरैको अष्ट्रेलियामा टेकेको दिन देखी नै। किनकी यो नै त्यसखालको भिजा हो जसले अष्ट्रेलियामा लामो समयसम्म बस्ने अधिकार दिन्छ अनि घरबार जोड्ने र राम्रो करिअर बनाउने। त्यसैले धेरैको पढाई र कामको बाटो नै पीआर लिने चाहनासँग जोडेर रोजिएको हुन्छ। अष्ट्रेलियामा घर किन्नू धेरै नेपालीको चाहनाको कुरा हो। अनि अधिकांशले पुरा गरिरहेको पनि। अष्ट्रेलियामा नेपालीहरूलाई घर किन्नको लागी खासै धेरै मुस्किल पर्दैन नेपालीहरू विशेषत संचयवादी र भविष्यको लागी भनेर वर्तमानमा नै दुख सहने गर्ने हुन्छन्। त्यसैले नेपालीहरूलाई अरूलाई भन्दा कम मुस्किलको कुरा हो यो।  अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट - NepaliPage सामान्य आर्थिक अनुशासन राख्ने हो र काममा लगन हुने हो भने सजिलै बैंकको ऋण मिल्छ। त्यसको लागी खासै हैरानी बेहोर्नु पर्दैन। अष्ट्रेलियामा घर किन्ने र दिर्घकालिन रूपमा नै अष्ट्रेलिया बस्ने सोच छ भने आर्थिक लगानी, घरजग्गा, बैंकका ऋण प्रक्रियाका विषयमा पहिले देखी नै जानकार भएर बस्नु राम्रो हो। अष्ट्रेलियामा यी सबै विषयका जानकारी निशुल्क उपलब्ध छन्। त्यसलाई फुर्सतको समय दिएर आफ्नो ज्ञान राखिराख्ने हो भने पछी पीआर पाएपछी घर किन्नको लागी धेरै तनाब र समय लिईराख्नु पर्दैन। विशेष गरेर घर किन्ने योजना भएकाहरूले निम्न चार वेबसाईटहरू हेर्दै गर्दा त्यसले फाईदा नै गर्दछ।   



अष्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा बासिन्दाकालाई आर्थिक रूपमा सूसुचित निर्णय गर्न सकुन भनेर संचालन गरेको वेबसाईट हो यो। यो वेबसाईटमा कसरी पैसाको सही उपयोग गर्ने भनेर धेरै विषयमा जानकारी राखिएका छन्। साथै यसले अष्ट्रेलियामा हामीले गर्ने सबैजसो आर्थिक गतिविधीमा कसरी निर्णय लिने भन्ने विषयमा जानकारी दिन्छ। यसमा तपाईंले घर किन्दा लिनुपर्ने ऋण, त्यसको प्रकार साथै कसरी ऋण छिटो तिर्न सकिन्छ भन्ने खालका समेत जानकारी पाउनुहुन्छ। घर किन्न ऋण लिनु अघि नै यसविषयमा जानकार भएर बस्दा पछि घर लिने समयमा निर्णय गर्न सहज हुन्छ।


अष्ट्रेलियाको नाम चलेको नेपाली शैलीमा भन्दा चल्तापुर्जा होमलोन प्लाटफर्म हो यो। यसमा धेरै मोर्टगेज एजेन्टहरू जोडिएका छन्, तपाईंले खाता खोलेर यसका निशुल्क सेवाहरू लिनसक्नु हुन्छ। यसबाट निशुल्क प्रोपर्टी रिपोर्ट निकाल्न साथै घर जग्गाका विषयमा थप डेक्सटप रिसर्चका लागी टुलहरू पाउन सकिन्छ। यसले तपाईंलाई आवश्यक परेको खण्डमा मोर्टगेज एजेन्टको सेवा लिन पनि सुविधा दिन्छ।


अष्ट्रेलियाको घर जग्गाको मुल्य अनुमान र बेचबिखनको ईतिहास हेर्नको लागी धेरैले विश्वास गरेको 'कोर लजिक'को तथ्यांकमा आधारित रहेर यो वेबसाईटले तपाईंले किन्न चाहेको घरजग्गाको मूल्य साथै सम्बन्धित धेरै जानकारी दिन्छ।  यसले तपाईंले किन्न खोजेको घरको मुल्य साथै पहिलेको किनबेच देखाउँछ। 



अष्ट्रेलियामा घरजग्गा खरिद तथा भाडामा लगाउनको लागी धेरैले प्रयोग गर्ने वेबसाईट हो यो। यसबाट तपाईंले कुन घर कुन सालमा कतिमा बिकेको थियो भन्ने देखी कुन सवअर्बको जनसांख्यिकी कस्तो छ भन्ने सम्मको जानकारी पाउन सक्नुहुन्छ। यसको प्रयोग गरेर तपाईंले  अष्ट्रेलियाको घरजग्गा बजारको अवस्था कस्तो छ र कहिले कहाँ कसरी लगानी गर्ने भन्ने निष्कर्षमा समेत पुग्न सक्नुहुन्छ।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्