अष्ट्रेलियामा नेपाली पासपोर्ट बनाउन सास्ति, समस्या राजदूतावासको काबु बाहिर

अष्ट्रेलिया बस्ने नेपालीहरूले पासपोर्ट नविकरण, नयाँ बनाउन तथा हराएको पासपोर्टको सट्टमा नयाँ बनाउन सास्ति भोग्दै आएका छन्। पासपोर्टका लागी लामो समय लाग्ने, समयमा अनलाईन फारम भर्न नपाईने, पासपोर्टको लागी निवेदन दर्ता गराउने वेबसाईट नखुल्ने लगायतका समस्याका कारण अष्ट्रेलियामा नेपाली पासपोर्ट बिहिन हुने स्थिती बनेको छ। यसै पनि अष्ट्रेलियाको सबै राज्य र क्षेत्रमा बस्नेहरूले पासपोर्ट र राजदूतावासको सेवाको लागी राजधानी क्यानबेरा नै पुग्नुपर्ने स्थिती छ।

 

यतिखेर नेपालले पनि विद्युतिय (ई) पासपोर्ट जारी गर्ने भएपछी सेवाग्राहीलाई थप झमेला थपिएको छ। बायोमेट्रिक्स, फोटो खिच्ने र सूचना सत्यापन (भेरिफिकेसन) गराउन दूतावास समय लिएर जानुपर्ने। अष्ट्रेलिया ठूलो देश र यहाँ बस्ने नेपालीको संख्या पनि ठूलो भएकाले सानो क्षमतामा रहेको दूतावासले नेपालीहरूलाई सेवा दिन नै सकिरहेको छैन। त्यसमा पनि प्रविधिले स्मार्ट बनेको अष्ट्रेलिया र त्यसैमा बानी परेका नेपालीलाई नेपाली राजदूतावासको परम्परागत सेवा प्रवाहले हैरानीमा पार्ने गरेको छ। 

यो पनि पढ्नुस्ः नेपाली पासपोर्टको लागी लिईने अपोईनमेन्टको समय परिवर्तन 

 

Nepal Embassy Canberra

नेपालीहरूले पछिल्लो समय पासपोर्ट बनाउनको लागि फारम भर्न, राजदूतावासमा बायोमेट्रिक्स र अरू प्रकृयाको लागी समय लिन समेत पासपोर्ट विभागको वेबसाईट नखुल्ने, सुस्तो हुने, फारम नै अपलोड नहुने, डिस्कनेक्ट हुने लगायतका समस्या भोग्दै आएका छन्। अष्ट्रेलिया, न्यूजिल्याण्ड र प्रशान्त क्षेत्रमा बस्दै आएका नेपालीहरूले भोगिरहेको यो समस्या बारेमा जानकार भएपनि नेपाली राजदूतावास क्यानबेराले यो आफ्नो काबु बाहिरको विषय भएको बताएको छ।

 

अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले पासपोर्ट लिने सवालमा दूतावासको भूमिका बायोमेन्ट्रिक्स लिने, फोटो खिच्ने र सूचना सत्यापन गर्नेमा सिमित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यहाँ हामीले बायोमेन्ट्रिक्स लिने, फोटो खिच्ने र डाटा भेरिफिकेसन गरेर पठाएपछी काठमाण्डौं पासपोर्ट विभागबाट पासपोर्ट तयार भएर आएको पासपोर्ट वितरण गर्ने काम मात्र हाम्रो हो।‘ उहाँले पासपोर्टका लागी राजदूतावासमा पहिले नै निश्चित गर्नुपर्ने समय (एपोईनमेन्ट)का लागी पनि स्वचालित प्रणाली रहेकाले कसैलाई छिटो वा ढिलो गर्न नसकिने अवस्था रहेकाले सबैले आफ्नो पासपोर्टको म्याद ख्याल राखेर समयमा नै नविकरणको प्रकृया चाल्न अनुरोध गर्नुभयो।

 

अष्ट्रेलियाबाट नयाँ नेपाली पासपोर्ट लिनको लागी सबै प्रकृया पुरा गरेर पासपोर्ट हातमै आईपुग्न करिब दुई महिना लाग्दछ।


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्