सिड्नीमा कोठा महँगो, भाडामा पाउन पनि गाह्रो

दुई बेडरूमको अपार्टमेन्टको साताको रेन्ट आठसय डलर। ओहो यो त निक्कै महँगो हो भन्ने लाग्नु स्वभाविक हो। महँगो चाहिँ त्यतिबेला हुन्छ जतिखेर त्यो अपार्टमेन्ट भाडामा लिन सकिन्छ। यतिखेर सिड्नीमा अपार्टमेन्ट भाडामा लिन हैन हेर्न (ईन्सपेक्सनका लागी) नै पालो पाउनु पनि ठूलो विषय बनिसकेको छ। सिड्नीको घरभाडा बजारमा लगानीकर्ताको हिसाबले निक्कै राम्रो बहार आएको छ। अरूबेला साताको दुईसय पचासको दरमा भाडामा जान पनि मुस्किल पर्ने अपार्टमेन्टहरू यतिखेर पाँचसय डलर साताको तिर्छु भन्दा पनि पाउन मुस्किल छ। 

Rental Market in Australia


कोरोना महामारी पछी अष्ट्रेलियाको घरजग्गा कारोबारको अवस्था, बैंकको बढ्दो ब्याजदर र विस्तारै बढ्न थालेको विदेशी आउनेक्रमले घरभाडामा पाउनु अष्ट्रेलियाका नवप्रवेशीका लागी फलामे च्यूरा नै बन्न लागेको छ। केही समय देखी सामाजिक संजाल ‘क्रेजी रेन्टल’ ट्यागका साथ लामा लामा घर भाडामा लिनका लागी हेर्न आउने मानिसहरूको भिडका भिडियोले भरिएको छ। एक नेपाली भाषी रियल स्टेस एजेन्ट संजिव पराजुलीले नेपालीहरूले बस्नको लागी मन पराएको क्षेत्र ‘ओबन’मा आफ्नो अर्बन रियल स्टेटले गरेको ‘ईन्सपेक्सन’ अनुभव टिकटोकमा पोस्ट गर्नुभएको छ।
@sanjib_realestate #urbanerealestate #rentalproperty #nepali #nepaliinsydney #sydneyinvestors #fyp #sydney #auburn #nepalitiktok ♬ Soft Music Background - SKHSOUNDS

उहाँको एजेन्सीले भाडामा लगाउनका लागी राखेको दुई बेडरूम अपार्टमेन्ट हेर्नका लागी आउने धेरै मध्ये उल्लेख्य रूपमा नेपाली विद्यार्थीहरू भएको उल्लेख छ। उहाँका अनुसार साताको ४९० डलर भाडाका लागी राखिएको अपार्टमेन्टका लागी साताको ६१० भाडा तिर्ने गरि भाडामा लिन्छु भनेर निवेदन समेत परिसकेको छ। पहिलो दिन ईन्सपेक्सन (भाडामा लिनेहरूले घर हेर्न)को लागी २७ समुह अपार्टमेन्टमा पुगेको थियो। पराजुलीले ईन्सपेक्सन भन्दा अगाडी नै अपार्टमेन्ट भाडामा लिनका लागी १३ निवेदन परेको बताउनु भयो। उहाँले भिडियोमा भन्नुभएको छ, ‘घरमा लगानी गर्नेको हिसाबबाट धेरै फाईदाको अवस्था छ।‘  

@djdaroc The rental market in Sydney 😱 #fyp #viral #sydney #zetland #rental #rentalproperty #property #realestate ♬ Calm Down - Rema
त्यसरी नै अर्को टिकटोक प्रयोगकर्ताले जेटल्याण्डमा रहेको एउटा दुई बेडरूम अपार्टमेन्ट जुन ८०० डलर प्रति हप्ताको भाडामा दिनका लागी राखिएको थियो त्यो हेर्न पुगेका मानिसहरूको भिडको भिडियो राख्नुभएको छ। जसमा मानिसको ठूलो भिडले रियलस्टेट एजेन्टलाई कुरेर बसेका छन्। भिडियोमा ६० जना त लिफ्टमा नै कुरेर बसेको उल्लेख छ। त्यसैगरी रयाण्डवीकमा एउटा युनिट ईन्सपेक्सनमा सयौंको लामो लाईन नै लागेको भिडियो यतिखेर देशभर चर्चाको विषय बनेको छ।
@ciara_olo Crazy stuff 😳 #sydney #sydneyrentals ♬ original sound - Ciara O'Loughlin
 

घरहरूको बढ्दो माग तर आवश्यकता अनुसारको आपूर्ति हुन नसक्दा यतिखेर देशभर नै घर भाडामा पाउन मुस्किल भईरहेको छ। बैंकहरूले उल्लेख्य रूपमा घर किन्न लिईने ऋणमा ब्याजदर बढाएपछी लगानीकर्ताहरूले घरभाडा पनि बढाएका छन्। 

अष्ट्रेलियामा घरभाडामा पाउन गाह्रो भईरहेको अवस्थामा नेपालबाट पहिलोपटक आउने विद्यार्थी तथा बसाईं सराईं गर्नेहरूले बसोबासको व्यवस्थाका लागी नेपाल छोड्नु अगाडी नै उपयुक्त व्यवस्थाको पहल गर्नुपर्ने देखिन्छ। त्यसो त आफ्नो खर्चको योजना बनाउँदा समेत कोठाभाडाको खर्च अहिलेको बजार व्यवस्था अनुसार हिसाब गर्नु उचित हुन्छ। 

नेपालबाट पढ्नको लागी आउने विद्यार्थीहरूले आउनासाथ सिधै रियलस्टेट एजेन्टबाट घर तथा अपार्टमेन्ट लिन मुस्किल हुने भएकाले सेयरिंग (अरूले भाडामा वा किनेर नै लिएको अपार्टमेन्ट/घरमा एउटा बेडरूममा बस्ने र अरू कोठा र सुविधा मिलेर प्रयोग गर्ने गरि)मा बस्ने विकल्प पनि खोज्नु उत्तम हुन्छ।   

सिड्नीमा कोठा तथा घर सेयरिंगमा खोज्नका लागी नेपालीहरूको सिड्नीको फेसबुकमा जोडिनुस् Nepalese in Sydney 

यदी ओबनमा नै बस्न चाहनुहुन्छ भने ओबनको नेपालीहरूको फेसबुक ग्रुपमा जोडिनुस् Nepalese in Auburn 



Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्