अहिले विद्यार्थीलाई आईटीको क्षेत्रमा काम पाउन सजिलो छ

नेपाल र नेपालीहरूमा एउटा जबरजस्त धारणा छ, अष्ट्रेलिया अमेरिका बस्ने र पढ्ने नेपालीहरूले ‘ह्वाईट कलर’को जागिर गर्दैनन्। पाउँदैनन्। गर्नै सक्दैनन्। शारिरीक श्रम र ‘लो स्किल’ कामहरूमा नै लागिरहेका हुन्छन्। अष्ट्रेलियामा पछिल्लो समय त्यसखालको धारणालाई जबरजस्त धक्का दिने गरेर ठूलो संख्यामा नेपाली विद्यार्थी तथा यहीँ स्थायी बासिन्दा बनेकाहरूले आईटी, प्रशासन, लेखा, विज्ञान, शिक्षाका क्षेत्रमा करिअर सुरू गरिरहेका छन्। 

नेपालीहरूलाई अष्ट्रेलियामा आईटीको क्षेत्रमा विद्यार्थी भिजामा भएपनि जागिर पाउन गाह्रो छैन। सीप चैं विकास गर्न परयो भन्ने सन्देश दिने गरेर सयौं विद्यार्थी भिजामा भएकाहरूले छोटो समयको तालिम लिँदै आफैले पढेको क्षेत्रमा जागिर गर्न थालेका छन्। यसरी आफ्नै क्षेत्रमा करिअर बनाउन सफल भएका र बनाउँदै गरेका विद्यार्थीलाई आत्मविश्वास र बजार अनुसारको सीप विकास गर्नमा सहयोग गर्दै आउनु भएको छ प्रेम आचार्यले।  

२००८ मा विद्यार्थी भिजामा आईटी पढ्नका लागी आउनुभएका प्रेम आचार्य यतिखेर सफ्टवेयर तालिमल दिने संस्था ‘डेण्टेड कोड’ चलाउनुहुन्छ। ‘डेण्टेड कोड’लाई तालिम दिने संस्था भन्दापनि आईटीको क्षेत्रमा जागिर र करिअर बनाउन सहयोग गर्ने संस्था भन्न रुचाउँनु हुने उहाँ अष्ट्रेलियामा विद्यार्थी समय देखी नै आईटीको क्षेत्रमा आबद्ध हुँदै आउनुभयो। र, अष्ट्रेलियाको आईटी क्षेत्रमा काम गर्दै जाँदा साथै तालिम दिने क्रममा नेपाली विद्यार्थीहरूको क्षमता र उनीहरूले पाउन सक्ने अवसर देखिसकेपछी उहाँ त्यस्ता अवसरका लागि आवश्यक सिप विकासको लागी आवश्यक तालिम र ‘नेटवर्क’ उपलब्ध गराउनका लागी लागिरहनु भएको छ।

नेपाली पेजकी संगीता घिमिरेले प्रेम आचार्यसँग भेटेर गरेको कुराकानी र उहाँको विचार प्रश्नोत्तरका रूपमा प्रस्तुत छ। 

Prem Acharya Dented Code

तपाईंको समयमा एउटा विद्यार्थीको रूपमा आईटीको क्षेत्रमा जागिर पाउन कत्तिको गाह्रो थियो? 

हामी आएको समय २००८ तिर अष्ट्रेलियामा आईटीमा करिअर बनाउन र जागिर पाउन एकदम गाह्रो नै थियो। अहिले जतिको सजिलो थिएन, अष्ट्रेलियामा भरखर त आईटी क्षेत्र बुम हुन थाल्दैछ। मेरो समयमा मैले मेरो साथीहरूलाई नै आईटीको काम हुने कम्पनीमा जागिर मिलाईदिन सक्नेलाई दुई साताको कमाई नै दिन्छु भनेको पनि थिएँ। यदी आईटी सिस्टम चाहिने कम्पनी भयो भने ‘बोस’लाई सफ्टवेयर र आईटीको काम र भूमिकामा मनानउ सक्छु भन्ने आँट थियो, त्यस्तैमा एउटा साथीले वेयरहाउसको काम मिलाईदियो जसले ‘ई-वे’ लगायतका ‘ईकमर्श प्लाटफर्म’ मार्फत सामान बेच्ने गर्दथ्यो। ‘बोस’लाई मैले यदी आफैले ‘ईकमर्श सिस्टम’ बनाउने हो भने ‘ई-वे’ र अरू प्लाटफर्मलाई दिने कमिशन जोगिने, बढी बजार सम्म पुग्न सकिने साथै भईरहेको व्यवसायमा पनि कम्पनीलाई फाईदा पनि हुने भनेर विश्वास दिलाउन आफैले फुर्सतको समयमा ‘ईकमर्श’ बनाएर पहिलो अर्डर ल्याएपछी मेरो भूमिका विस्तारै ‘वेरहाउस वर्कर’बाट ‘डेभेलोपर’ भएको थियो। आफू र आफ्नो ‘प्रडक्ट’लाई प्रमाणित गरेर जागिर खाएको थिएँ। अहिले मेरो समयमा जस्तो अवस्था छैन, पहिले भन्दा धेरै नै सजिलो भएको छ आईटीमा जागिर र करिअर बनाउनको लागी। 

भनेपछी अहिले विद्यार्थीलाई आईटीको क्षेत्रमा काम पाउन सजिलो छ? 

निश्चय नै यतिखेर अष्ट्रेलियाको ‘आईटी सेक्टर’मा आएको ‘बुम’का कारण धेरै खालका ‘स्किल’ र ‘टेक्नोलोजी’का लागी बजार बनेको छ। जसले गर्दा अहिले भिजा र ‘पार्ट टाईम’ मात्र काम गर्न पाउने भएकै कारण विद्यार्थी भिजामा हुनेले आईटीमा काम नपाउने भन्ने हटिसकेको छ। उपयुक्त ‘स्किल’ हुनपरयो, ‘रिक्रुटर’ ‘रेडी’ छन् ‘हायर’ गर्न। हामीसँग ‘फुलस्ट्याक डेभेलोपमेन्ट बुटक्याम्प’ गरेर जागिर खोजेका धेरै विद्यार्थीले छोटो समयमा नै जागिर पाउन सफल भएका छन्। 

तर, हाम्रो समुदायमा त विद्यार्थीहरूले आईटीको क्षेत्रमा काम पाउन र करिअर बनाउन निक्कै गाह्रो छ भन्ने सुनिन्छ त? 

यो चाहिँ ‘नेटवर्क’ र साथिसँगतमा भर पर्छ जस्तो लाग्छ। भनिन्छ नि, तपाईंका पाँच साथी जोसँग तपाईंको नियमित सम्पर्क र संगत छ तिनीहरूको ‘मिक्स’ (जोड) नै तपाईं हो। यो विषयमा पनि त्यस्तै भएको हुनसक्छ। आईटीमा करिअरको कुरा गर्दा कलेज वा विश्वविद्यालयमा सिकेको र पढेको कुराले मात्र नपुगेको र बजार अनुसारको सीप नबनेको हुनसक्छ। धेरै जसो कलेज र विश्वविद्यालयका पाठ्यक्रम (कोर्ष)ले ‘फाउण्डेसन’ र ‘फण्डामेन्टल’हरू पढाउँछन्। सैद्धान्तिक रूपमा सबै जाने पनि फ्याट्टै बजार र बिजनेसको आवश्यकता अनुसारको ‘सोलुसन’ दिन सक्ने सीप नहुँदा चाहिँ जागिर पाउन गाह्रो हुन्छ। त्यसका लागी आफैले अभ्यास गर्न सकिन्छ। आजकल, बजारको माग अनुसारका सीप विकासको तालिमहरू पनि उपलब्ध छन्। यस्ता तालिमहरूबाटै सीप विकास गरेर पनि करिअर बनाउन सकिन्छ। 

भनेपछी तालिम जरूरी भयो कलेज र युनिभर्सिटि पछी?   

सबैलाई पढाई पछी तालिम चाहिने जागिर र करिअरका लागी भन्ने होईन। जसले बजार र ईन्डस्ट्रिमा माग भए अनुसारका सीपहरू कलेज र विश्वविद्यालयमा नै विकास गर्नुभएको छ उहाँहरूका लागी तालिम आवश्यक नपर्न सक्छ। मुख्य कुरा बजारमा माग भए अनुसारको सीप र प्रविधी चाहिँ जानेको हुनुपर्छ।  

आजकल ‘जब रेडी प्रोग्राम’ भनेर कलेज र विश्वविद्यालय पछी अष्ट्रेलियाको रोजगार बजार अनुसारको सीप साथै ‘एप्लिकेसन प्रोसेस’ सिकाउने कार्यक्रमहरू उपलब्ध छन्। त्यसले सफ्टवेयर (एप्लिकेसन ट्रयाकिङ सिस्टम) पार गरेर अन्तर्वार्तामा पुग्न नसकेर आत्मविश्वास (कन्फिडेन्स) गुमाएकाहरूलाई आफ्नो क्षेत्रमा रोजगारीका लागी फर्कन सहयोग गर्दछ। 

त्यसैले मुख्य कुरा चाहिँ तालिम भन्दा पनि सिप र ज्ञानको विकास भयो। 

यस्ता तालिम पछी जागिर पाउने चाहिँ पक्का (स्योर) हुन्छ?  

पक्का (स्योर) भनेर १००% त कसैले भन्न सक्दैन र कानुनी हिसाबमा पनि मिल्दैन। तर, यस्ता तालिमले सिप विकास र छनौट प्रकृयामा सहयोग गर्ने भएकाले जागिर चाहिँ पाईन्छ। आफ्ना विद्यार्थीलाई तालिम पछी जागिर लगाउनका लागी फरक फरक तालिम दिने संस्थाहरूले फरक फरक रणनीति बनाएका हुन्छन् जसले गर्दा विद्यार्थीले सीप सिकिसकेपछी जागिर पाउँछन्। हाम्रो कुरा गर्नुपर्दा हामीले पनि सात चरणको रणनीति (सेभेन स्टेज स्ट्राटेजी) बनाएका छौं त्यसले गर्दा हाम्रा विद्यार्थी खोज्दै नै रोजगारदाता (रिक्रुटर) आउने बनाउँछौ। हाम्रो कोर्ष पनि रोजगार बजाको ‘ट्रेण्ड’ अनुसार हरेक छ-छ महिनामा ‘अपडेट’ हुन्छ। तालिम सकेका र जागिर खोजिरहेका हाम्रा धेरै विद्यार्थीहरूले सजिलै जागिर पाईरहेका छन्। उनीहरूलाई ‘रेज्युमी’, ‘कभर लेटर’, ‘लिंक्डईन अप्टिमाईजेसन’, ‘टेक्निकल ईन्टरभ्यू’ सबैमा हामीले शतप्रतिशत सहयोग र जोड दिन्छौं। हाम्रो ‘सपोर्ट’ पहिलो जागिरमा मात्र नभएर करिअरभर नै रहन्छ। 

तपाईको डेण्टेडकोडमा के के को तालिम हुन्छ?  

हामीले डेण्टेड-कोडमा कोडिङ अर्थात् प्रोग्रामिङको तालिम गराउँछौं। अहिले ‘फुलस्ट्याक वेब डेभेलोपमेन्ट’ र ‘फ्रन्टईण्ड वेब डेभेलोपमेन्ट’को क्लासहरू छन्। विशेष गरेर अष्ट्रेलिया, अमेरिका र विश्वका अरू देशका पनि आईटी कम्पनीहरूमा माग भएका प्रविधि र सीपलाई केन्द्रमा राखेर हामीले कोर्ष एवं ‘जब रेडी प्रोग्राम’ तयार पारेका छौं। हामीले तीन देखी छ महिनामा आईटीको कुनै ‘ब्याकग्राउण्ड’ नभएको ‘कोडिङ’ केही नजान्नेहरूलाई पनि दक्ष ‘डेभेलोपर’ बनाएर आईटी कम्पनिमा जागिर पाउने बनाउँछौं।

विद्यार्थि वा करिअर परिवर्तन गर्न चाहनेहसँग मात्र समय र लगनशिलता चाहियो। बाँकी सिप र जागिरको कुरामा हामीले गाईड गर्दछौं। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्