पाँच डलरको नोटमा रानी हट्ने राजा नअट्ने

अष्ट्रेलियाले आफ्नो नोटमा राजाको तस्विर नराख्ने भएको छ। अष्ट्रेलियाको केन्द्रिय बैंक ‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ले पाँच डलरको नोटलाई परिमार्जन गर्दा रानीको सट्टामा राजाको तस्विर नराख्ने भएको हो। बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ परिमार्जनमा पाँच डलरको नोटबाट रानीको तस्विर हट्ने तर राजाको तस्विर नराख्ने निर्णय भएको उल्लेख छ। बैंकले यो निर्णय सरकारसँगको सल्लाह र समर्थनबाट आएको समेत जनाएको छ।   

Australian 5 dollars note - nepalipage.com.au
अहिले प्रचलनमा रहेको पाँच डलरको नोट। (डिजाईन रिजर्ब बैंक अफ अष्ट्रेलिया)


अब परिमार्जित हुने पाँच डलरको नोटमा महारानी एलिजावेथ द्वितीयको तस्विर रहेको ठाउँमा फर्स्ट अष्ट्रेलियन (फर्स्ट नेशनल) भनिने गरिएको आदीवासीहरूको संस्कृति र ईतिहास प्रतिको सम्मान देखिने डिजाईन रहने छ। त्यसका लागी बैंकले ‘फर्स्ट अष्ट्रेलियन’हरुसँग परामर्श गर्नेछ। यसखालको नयाँ डिजाईनको नोट डिजाईन भएर प्रचलनमा आउन केही वर्ष लाग्नेछ। नयाँ डिजाईनका नोट प्रचलनमा नआउँदा सम्म अहिलेको नोट नै छापिने र प्रचलनमा रहनेछ। नोटको अर्को भागमा रहेको अष्ट्रेलियाको संसद भवन भने नयाँ नोटको डिजाईनमा पनि निरन्तर रहने ‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ले जनाएको छ।

कहिले आउँछ नयाँ पाँच डलरको नोट? 


‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ले अहिले नोटको डिजाईनका बारेमा निर्णय मात्र गरेकोले यसको डिजाईन बन्न केही समय लाग्छ। बैंकले ‘फर्स्ट अष्ट्रेलियन’हरुसँगको छलफल गरेर डिजाईन तयार गर्नेछ। त्यसका लागी केही वर्ष लाग्ने ‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’को विज्ञप्तिमा उल्लेख छ। 


नयाँ नोट आएपछी रानी भएको नोट के हुन्छ? 


‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ले नयाँ पाँच डलरको नोट डिजाईन भएर प्रचलनमा आउन केही वर्ष लाग्ने भएकाले अहिले प्रचलनमा रहेको रानीको तस्विर भएको नोट नै छाप्ने र प्रचलनमा ल्याउने छ। डिजाईन पूर्ण भएपछी नयाँ नोट छापेर प्रचलनमा आईसकेपछी पनि अहिले रहेको नोट चलाउनका लागी कुनै समस्या हुने छैन। नयाँ नोटसँगै पुरानो नोट पनि बजारमा चल्नेछ। 

अष्ट्रेलियाले समय समयमा नोटका डिजाईन अष्ट्रेलियन आदिवासी संस्कृति र सभ्यताको प्रतिनिधित्व र सम्मान हुने गरेर गर्दै आएको छ।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्