नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा छात्रवृत्ति, बस्ने खाने सहित हवाई टिकट पनि दिने

अष्ट्रेलिया सरकारले नेपाली युवा विद्यार्थीका लागी व्यापक सुविधा सहितको छात्रवृत्तिको अवसर यो वर्ष पनि खुलाएको छ। खास गरेर  अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थी जो नेपालमा केही गर्न चाहन्छन् उनीहरूको लागी यो उपयुक्त छात्रवृत्ति हो।  

'अष्ट्रेलिया अवार्डस्' नामको यो छात्रवृत्ति मार्फत छानिएका विद्यार्थीको हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको सबै खर्च अष्ट्रेलियाले बेहोर्छ। 'अष्ट्रेलिया अवार्डस्'को  २०२३ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्दछ। अष्ट्रेलियाले 'अष्ट्रेलिया अवार्डस्' मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिँदै आएको छ।

Australia Awards 2024 opens for Nepali students
तस्विर: अष्ट्रेलिया अवार्डस् को वेबसाईटबाट लिईएको 'स्क्रिन ग्र्याब'


अष्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि दिने यसखालको छात्रवृत्ति प्राप्त गर्नका लागि व्यवसायिक तथा व्यक्तिगत दक्षता साथै राम्रो शैक्षिक योग्यता आवस्यक पर्दछ। अष्ट्रेलियामा बस्ने र पढ्ने अवसरका लागि छात्रवृत्ति वितरणमा नेपालको विकास र परिवर्तनमा सकारात्मक छाप छोड्न सक्ने सम्भावनालाई पनि प्रमुख प्राथमिकताका साथ हेर्ने गरिन्छ। नेपालमा 'अष्ट्रेलियन अवार्डस्'का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखिएको छ।

'अष्ट्रेलिया अवार्डस्' छात्रवृत्तिका लागि शिक्षा, स्वास्थ्य, आर्थिक विकास, प्रशासन (सरकारी कर्मचारीलाई मात्र), अपांगता, लैंगिक, समावेसी साथै जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। यो छात्रवृत्तिका लागी आवेदकको अंग्रेजी भाषिक योग्यता आईएलटीएस (एकेडेमिक)मा कुल ६.५ स्कोर (सबै ब्याण्डमा कम्तिमा ६) वा सो बराबरको अन्य कुनै अंग्रेजी भाषा परिक्षाको प्राप्तांक तोकिएको छ। अपांगता भएका, पिछडिएका, महिला र सरकारी जागिरेका लागी भने अंग्रेजी भाषाको दक्षतालाई केही सहुलियत दिँदै कुल स्कोर ६ (सबै ब्याण्डमा कम्तिमा ५.५) वा सो बराबरको अन्य कुनै अंग्रेजी भाषा परिक्षाको प्राप्तांक हुनुपर्ने व्यवस्था छ।

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने

अष्ट्रेलियन सरकारको 'अष्ट्रेलिया अवार्डस्'ले विभिन्न 'फेलोसिप' र 'स्कलरसिप'को माध्यमबाट विश्वका नयाँ पुस्तालाई अष्ट्रेलियामा अध्ययन, अनुसन्धान र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्दछ। नेपालमा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विकास सहयोग मार्फत गरिबी निवारण तथा मानविय विकासको क्षेत्रहरू जस्तै शिक्षा, प्रशासन तथा सुक्ष्म उद्यमशिलता विकासमा मदत गर्दै आईरहेको छ। यसखालको छात्रवृत्ति नेपाल बाहेक पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाका विद्यार्थीका लागी पनि उपलब्ध छ।

के के बेहोर्छ अष्ट्रेलिया अवार्डस् ले? 

अष्ट्रेलिया अवार्डस् पाउने  विद्यार्थीको पुरै विश्वविद्यालय तथा ‘टेफ’को पढाई शुल्क, घर फर्कने हवाई टिकट, सुरूमा बसोबासको बन्दोबस्ति मिलाउने खर्च, खाने बस्ने खर्च, बीमा, भिसा शुल्क लगायतका खर्चहरू सबै छात्रवृत्तिले समेट्दछ। छात्रवृत्ति पाउनेको आवश्यकता र योग्यता हेरेर पढाई अघिको अंग्रेजी भाषा तालिम, पढाई सकाउनका लागी आवश्यक पर्ने थप सहयोग, अनुसन्धानका लागी ‘फिल्ड भिजिट’को खर्च, पारिवारिक मिलनको खर्च लगायतका खर्चहरू पनि समेटिन्छ। तर, अष्ट्रेलिया सरकारले छात्रवृत्ति पाउनेमा आश्रितकोलागी भने कुनै आर्थिक सहयोग गर्दैन। 

थप जानकारी कताबाट पाउने? 

अष्ट्रेलिया अवार्डस् का बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस्

अष्ट्रेलिया अवार्डस् को वेबसाईट यहाँ छ ।

२०२४ को अवार्डस् का लागी जानकारी यहाँ छ। 

२०२४ को लागी प्राथमिकतामा परेका विषयहरू थाहा पाउन यहाँ क्लिक गर्नुस्। 

छात्रवृत्तिको लागी निवेदन १ मे २०२३ भित्रमा बुझाई सक्नु पर्नेछ। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्