सहायक विदेशमन्त्री टिम वाट्स पशुपतिनाथमा, चोरिएको नेपाली टुँडाल भयो फिर्ता

'हिन्दू अष्ट्रेलियामा द्रुत रूपमा बढिरहेको धर्म हो' भन्ने वाक्यांशका साथ पशुपतिनाथ परिसरमा उभिएको तस्विर सामाजिक संजालमा राखेर सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलिया र नेपालको संवन्धमा सांस्कृतिक आयामलाई जोड दिनुभएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका वाट्सले व्यस्त भेटघाटसँगै भ्रमणको एउटा प्रमुख विषय पाटनबाट चोरी भएर आर्ट ग्यालरी अफ न्यूसाउथवेल्समा प्रदर्शनमा रहेको रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता गर्नु रहेको छ। उहाँले एकमिटर ३० सेन्टिमिटर अग्लो बुट्टेदार टुँडाल पाटनमा आयोजित एक समारोहमा हस्तान्तरण गर्नुभयो। पाटनको मन्दिरको टुँडाल चोरहरूले बेच्ने किन्ने गर्दै गरेर आर्ट ग्यालरी अफ न्यूसाउथवेल्समा पुगेको थियो। 

Tim Watts in Nepal
पशुपतिनाथ मन्दिरको बाह्य परिशरमा सहायक विदेशमन्त्री टिम वाट्स। पशुपतिनाथमा हिन्दू बाहेक अरूलाई प्रवेश निषेध छ। तस्वीर: वाट्सको सामाजिक संजाल


पाटनमा एक कार्यक्रमका बिच वाट्सले टुँडाल हस्तान्तरण गर्नुभयो। कार्यक्रममा ललितपुका मेयर चिरीबाबु महर्जन,आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सका निर्देशक माईकल ब्राण्ड, रत्नेश्वर मन्दिरका पुजारी लगायतको सहभागिता थियो।

टुँडाल नेपालबाट चोरी भएको सम्पदा रहेको भनेर आवाज उठ्न थालेपछी अध्ययन गरेर नेपाललाई नै फिर्ता गर्ने निर्णय गरिएको थियो। फिर्ता गर्ने समय सहायक विदेशमन्त्रीको भ्रमणमा जुराईएको हो। सन् २०१४ मा नेसनल ग्यालरी अफ अष्ट्रेलियाले यसरी नै चोरी भएर अष्ट्रेलिया आईपुगेको नटराजको मूर्ति भारतलाई फिर्ता गरेको थियो। मूर्ति फिर्ता गर्नको लागी तत्कालिन प्रधानमन्त्री टोनी एबटको भ्रमणको समय पारिएको थियो।

वाट्स भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतसँगको औपचारिक भेटमा व्यस्त रहनुभयो। उहाँले अष्ट्रेलियामा पढेर नेपाल फर्केका अल्मुनाई साथै अष्ट्रेलियाले सहयोग गरेका क्षेत्रका संस्था तथा व्यक्तिहरूलाई भेट गर्नुभयो।

वाट्सले सामाजिक संजालमा राख्नुभएका तस्विर र भनाईहरूलाई हेर्दा उहाँको यो भ्रमण भुटान र नेपालमा औपचारिक कुटनीतिक सम्बन्धलाई पुनर्ताजगी दिनका लागी रहेको देखिन्छ। बंगलादेशको भ्रमणमा भने भ्रमणको लक्ष अरू नै देखिन्छ। 

अष्ट्रेलियामा नेपालले नियुक्त गरेका कुटनीतिक अधिकारी तथा अष्ट्रेलियाको नेपाली समुदायका अगुवाले नेपाल अष्ट्रेलियाको सम्बन्धलाई कुटनीतिक र आर्थिक रूपमा नेपालको पनि हितमा हुने गरी विकास गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ। 
 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्