पूर्वप्रधानमन्त्रि माधव नेपाल सिड्नी आउँदै

राजनीतिक भ्रमणका लागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अष्ट्रेलियाको सिड्नी आउने हुनुभएको छ। दलको शुभेक्षुक तथा भातृसंस्था प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको निमन्त्रणामा उहाँको अष्ट्रेलिया भ्रमण हुन लागेको हो। 

Madhav Nepal in Sydney

उहाँको भ्रमणको अवसर पारेर प्रवासी नेपाली एकता मञ्चले सिड्नीमा पार्टीका शुभेक्षुक तथा नेपाली समुदायसँग नेपालको समसामयिक राजनीति र गैरआवासिय नेपालीसँग जोडिएका विषयमा अन्तर्क्रिया आयोजना गरेको छ। अन्तर्क्रियामा नेपालको वर्तमान राजनीति र सत्ता गठबन्धन, नेपाल अष्ट्रेलिया सम्बन्ध र यसमा अष्ट्रेलियाको नेपाली समुदायको भूमिका साथै गैरआवासिय नेपालीका मुद्दामा छलफल हुने अध्यक्ष अच्यूत थपालियाले जनाउनु भयो। उहाँका अनुसार नेपालको आर्थिक विकास र सम्वृद्धिमा गैरआवासिय नेपालीको योगदान सुनिश्चित गर्न सरकार र दलहरुले गर्नुपर्ने न्यूनतम तयारीबारे समेत छलफल हुनेछ। छलफल कार्यक्रम ३ जुन २०२३ मा काष्टमण्डप फंगसन सेन्टर पंचवलमा हुनेछ।  


कार्यक्रमको विवरण: 

'पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको अन्तर्क्रिया' 

मिती: 3 June, 2023 

स्थान: Kasthamandup Function Center, 

ठेगाना: 17 South Terrace, Panchbowl, NSW 2196 

समय: बेलुकाको ५:३० देखी 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्