प्रोफेसनल भिजा एण्ड एजुकेशन माईग्रेसन सेवाका लागी पुरस्कृत

सिड्नीमा रहेको प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेज अष्ट्रेलियाका माईग्रेसन सेवा दिने संस्थाका रूपमा पुरस्कृत भएको छ। 'अष्ट्रेलियन स्मल बिजनेस च्याम्पियन अवार्ड'को २०२३ को संस्करणमा आप्रवासन सेवा (माईग्रेसन सर्भिसेज) विधाका लागी पुरस्कृत भएको हो। नेपाली युवाद्वारा सिड्नीमा संचालित प्रोफेसनल भिजा एण्ड एजुकेशनले सन् २०१५ देखी अष्ट्रेलियामा अध्ययन गर्न चाहने तथा स्थायी बसोबासको योजना भएकाहरूलाई सेवा दिँदै आएको छ। 

अष्ट्रेलिया भरका साना व्यवसायीहरूको स्पर्धा रहेको अवार्डमा नेपालीले संचालन गरेको संस्थाले विधागत विजेता हुनुलाई पनि ठूलो उपलब्धि मानिन्छ। अष्ट्रेलियामा एजुकेशन कन्सल्टेन्सी तथा माईग्रेसन एजेन्ट सेवा दिने नेपालीहरूको संख्या निक्कै छ। तर, उत्कृष्ठ र साना व्यवसायका रूपमा राष्ट्रिय रूपमा नै पुरस्कृत हुने चाहिँ एकदमै कम छन्। प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजका प्रमुख निशान्त शर्मा माईग्रेसन विधामा एक हजार भन्दा बढी व्यवसाय बीचबाट अवार्ड विजेता छानिनु आफैमा महत्वपूर्ण विषय रहेको बताउनु हुन्छ। उहाँले यो अवार्ड आफूहरूले दिएको उत्कृष्ठ सेवा र आफ्नो टीमका सदस्यहरूको मेहनतको प्रतिफल हो भन्नुभयो। 

प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजले अष्ट्रेलिया पछी हालै नेपालमा पनि आफ्नो सेवा सुरू गरेको छ।


people holding award on the stage
अवार्ड लिँदै प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजको समुह। तस्विर: सम्बन्धितबाट प्राप्त     

कसरी छानिन्छ 'अष्ट्रेलियन स्मल बिजनेस च्याम्पियन अवार्ड'? 

अष्ट्रेलियामा यहाँ संचालित व्यवसायलाई उनीहरुको योगदानको कदर र पहिचान दिन भनेर धेरै पुरस्कार तथा अवार्ड दिने संस्थाहरू छन्। जसले वार्षिक रुपमा विभिन्न विधामा पुरस्कार दिने गर्दछन्। यी पुरस्कार बिजेता बन्नेहरूका लागी पहिचान साथै 'मार्केटिंग'को अवसर पनि हुने गर्दछ। अरू पुरस्कारमा जस्तै 'अष्ट्रेलियन स्मल बिजनेस च्याम्पियन अवार्ड'का लागी पनि वार्षिक रुपमा आवेदन खुला हुन्छ। यो सन् १९९९ देखी सुरू भएको यो अवार्डका लागी तोकिएको शर्तहरूको अधिनमा रहेर निवेदन पुरा गरेपछी निर्णायकको समुहले संस्थाको आर्थिक, सामाजिक, व्यवसायिक लगायतका धेरै पक्षहरूको विश्लेषण गरेर बिजेताको घोषणा गर्दछ। 

Advertisement

Digital Algorithm

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्