सिड्नीबाट लण्डन दुई घण्टा मै पुग्न सकिने

द्रुतरेल र हवाई सेवाको बारेमा पटक पटक समाचार पढि रहिएको छ। नयाँ नयाँ संभावनाका बारेमा धेरै चर्चा हुने गरेको भएपनि यसपटक सिड्नी त लण्डन बीचको २४ घण्टे उडानलाई दुई घण्टामा घटाउने संभावना करिब करिब वास्तविकतामा बदलिन लागेको छ। तर, यसको लागी कम्तिमा पनि १० वर्ष भने लाग्ने बताईएको छ। नयाँ विमान प्रविधी व्यवसायिक रूपमा उडानका लागी तयार हुन यो समय लाग्ने भनिएको हो। 

Sydney London two hours flight


यो उडान व्यवसायिक रूपमा सम्भव हुने देखिए पनि यतिखेर प्रमुख चिन्ता र चासो भने यसखालको उडान मानिसको शरिरले धान्न सक्छ कि सक्दैन भन्नेमा रहेको छ। यसमा गरिएको अनुसन्धानले स्वास्थ्य समस्या नभएकाहरुलाई सिड्नी लण्डनको दुई घण्टे उडानमा बस्नको लागी समस्या नहुने पत्ता लागेको छ। 

बेलायतको नागरिक उड्डयन प्राधिकरणले शाही बायुसेना (रोयल एअर फोर्स) र किंग्स कलेजसँगको सहकार्यमा दुई घण्टामा सिड्नी लण्डन गर्ने 'सबअर्बिटल स्पेस' उडानले मानिसको शरिर र स्वास्थ्यमा पार्ने प्रभाव बारे अनुसन्धान गरिरहेको बताएको छ। 

यदी यसखालको छोटो र छिटो उडान व्यवसायिक रुपमा नै उपलब्ध भएको खण्डमा सिड्नी र लण्डन मात्र नभएर काठमाण्डौं र सिड्नीको उडान दुरी पनि एक देखी डेढ घण्टामा झर्न सक्ने छ। 


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्