पाटनबाट चोरी भएर अष्ट्रेलिया आईपुगेको ८०० वर्ष पुरानो टुँडाल नेपाल फिर्ता हुने

अष्ट्रेलियामा लामो समय देखी ग्यालरीमा प्रदर्शनमा राखिएको नेपाली मन्दिरको टुँडाल अन्तत नेपाल फिर्ता हुने भएको छ। आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सले पाटनको रत्नेश्वर मन्दिरबाट चोरी भएर अष्ट्रेलियाको ग्यालरीमा सजिन पुगेको टुँडाल फिर्ता गर्न लागेको हो। सन् २०२१ मा ग्यालरीमा रहेको टुँडाल पाटनबाट सन् १९८० को दशकमा चोरी भएर चोर बजार हुँदै संग्रहालयमा पुगेको आशंका गरिएको छ। एकमिटर ३० सेन्टिमिटर अग्लो बुट्टेदार टुँडाल गैरकानुनी रूपमा त्यहाँबाट हटाएर चोरी बजार मार्फत किनबेच हुँदै आर्ट ग्यालरी अफ न्यूसाउथवेल्समा पुगेको थियो। 

Ratneshowr Temple Tundal
रत्नेश्वर मन्दिरबाट चोरी भएको टुँडाल सिड्नीमा रहेको आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सको संग्रहमा रहेको कुरा सामाजिक संजालबाट खुलेको थियो। तस्विर: लस्ट आर्टस् अफ नेपाल फेसबुक पेज।

आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सका निर्देशक माईकल ब्राण्डले उक्त टुँडाल दशकौं अघि चोरी भएको अनुसन्धानबाट खुलेको र आगामी बुधबार नेपाललाई हस्तान्तरण गर्ने जनाउनु भएको एबीसीले समाचार लेखेको छ। उहाँले स्वेच्छिक रूपमा टुँडाल नेपाललाई हस्तान्तरण गर्न लागिएको र आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सको संग्रहबाट हटाईएको बताउनु भयो। यो टुँडाल नेपालमा पाटन संग्रहालयमा रहने छ। कार्बन डेटिङबाट रत्नेश्वर मन्दिर ईश्वीसंवत् १२०० तिर बनेको खुलेको छ। यो नेपालको पुरानाहरू मध्येको प्यागोडा शैलीको मन्दिर हो।

सहायक विदेशमन्त्री टिम वाट्सको नेपाल भ्रमणको क्रममा यो टुँडाल नेपाललाई हस्तान्तरण हुनेछ। नेपाल तथा भारतका मन्दिरबाट चोरी भएका मूर्ति तथा काष्ठकला आफ्नो संग्रहमा रहेको खुलेर फिर्ता गर्नुपरे पछी आर्ट ग्यालरी अफ न्यूसाउथवेल्सले त्यस्ता ऐतिहासिक सामग्रीहरू लिँदा कानुनी र नैतिक रूपमा सही हुने गरेर लिनका लागी खरिद प्रोटोकलमा समेत परिवर्तन ल्याउने भएको छ। 

यस अघी सन् २०१४ मा नेसनल ग्यालरी अफ अष्ट्रेलियाले नटराजको मूर्ति भारतलाई फिर्ता गरेको थियो। मूर्ति फिर्ता गर्नको लागी तत्कालिन प्रधानमन्त्री टोनी एबटको भ्रमणको समय पारिएको थियो। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्