विद्यार्थीले नेपालको लाईसेन्सले न्यूसाउथवेल्समा गाडी चलाउन नपाउने

  • छ महिना सम्म नेपालकै लाईसेन्सको आधारमा सवारी चलाउन पाईन्छ।
  • छ महिना पछी पनि सवारी चलाउन परेको खण्डमा न्यूसाउथवेल्सको temporary overseas visitor licence लिनुपर्दछ।  
  • temporary overseas visitor licence मा Q condition हुन्छ। र लाईसेन्सको पछाडी ‘Evidence of permanent residency status not provided’ लेखेको हुन्छ। 
  • Q condition को लाईसेन्सको प्रावधान पहिले पनि थियो। अहिले अनिवार्य गरिएको हो। 
  • अष्ट्रेलियाको पीआर नभईसकेकाहरूको लाईसेन्समा  Q condition हुन्छ। 

 

NSW Temporary Driving License
 Image credit: NSW Road Safety

न्यूसाउथवेल्सको सिड्नी र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली विद्यार्थीहरूले गाडी चलाउनका लागी एनएसडब्लुकै लाईसेन्स लिनुपर्ने भएको छ। न्यूसाउथवेल्स सरकारले जुलाई एक देखी लागु हुने गरेर ‘टेम्पोररी भिजा’मा हुनेहरूले लामो समय सम्म विदेशी लाईसेन्सले गाडी चलाउन नपाउने व्यवस्था गरेको हो। एनएसडब्लुमा जुलाई एक पछी आउने र यहाँ छ महिना भन्दा बढी बस्ने योजना भएकाहरूले अनिवार्य रूपमा एनएसडब्लुकै लाईसेन्स लिनुपर्ने छ। 

कहिले देखी चलाउन नपाईने? 

न्यूसाउथवेल्सको नयाँ सवारी चालक प्रावधान अनुसार न्यूसाउथवेल्समा छ महिना भन्दा बढी समय बस्ने र गाडी चलाउने योजना रहेकाहरूले यहाँकै लाईसेन्स लिनुपर्ने हो। नेपालको लाईसेन्स यदी सक्कली हो र सवारी चलाउन अयोग्य छैन भने सुरूका छ महिना सम्म न्यूसाउथवेल्समा नेपालको लाईसेन्सले नै गाडी चलाउन पाईन्छ। तर, छ महिना कटेपछी भने नेपालको लाईसेन्सले गाडी चलाउन पाईंदैन। त्यसपछी पनि सवारी चलाउने हो भने न्यूसाउथवेल्सको लाईसेन्स लिनुपर्छ। 

यो पनि पढ्नुहोस्: नक्कली लाईसेन्सले गाडी चलाउने तीन समातिए

कसकसले चलाउन पाउँदैनन्? 

छ महिना वा सो भन्दा लामो समयसम्म ‘टेम्पोररी भिजा’मा बस्ने र गाडी चलाउनुपर्नेहरूले छ महिना भएपछी नेपालको लाईसेन्सले सवारी चलाउन पाईंदैन। ‘टेम्पोररी भिजा’ भन्नाले विद्यार्थी, ४९१ वा ४८५ साथै कतिपय वर्क भिजाका सबक्लासमा रहेकालाई यो नियम लागु हुन्छ। यदी तपाईंको पीआर भएको छैन भने तपाईंले छ महिना भन्दा बढी नेपालको लाईसेन्सले गाडी चलाउन पाउनु हुँदैन। पीआर हुनेले त भएको तीन महिनामा न्यूसाउथवेल्सको लाईसेन्स लिनुपर्ने प्रावधान छ। 

यो परिवर्तन अघि सम्म नेपाली विद्यार्थीहरूले पीआर नहुँदा सम्म नेपालको लाईसेन्सले न्यूसाउथवेल्समा गाडी चलाउँदै आएका थिए। नेपालबाट ठूलो संख्यामा नक्कली लाईसेन्स ल्याउने र सिड्नीका नेपालीको घना बसोबास भएका क्षेत्रमा व्यवसायिक रूपमा नै नक्कली लाईसेन्सको व्यापार समेत हुने गरेकि थियो। नेपाली पेजले नेपालको नक्कली लाईसेन्सले अष्ट्रेलियामा गाडी चलाउने क्रम बढेको र त्यसले दुर्घटना बढाएको बारेमा निरन्तर लेख्न थालेपछी न्यूसाउथवेल्स सरकार साथै नेपाली दूतावास र नियोगहरूले नेपाली लाईसेन्सको आधिकारिकता सत्यापनका लागी कडा व्यवस्था गरेका थिए। नेपाली नक्कली लाईसेन्स ल्याएर अष्ट्रेलियामा सवारी चलाउँदा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन् भने केही डिपोर्ट समेत भएका छन्। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्