काम नभएको दिन बोसले सम्पर्क गर्न नपाउने

यदी तपाईं काम गरिरहनु भएको ठाउँबाट काम नभएको दिन वा अफिस समय भन्दा बाहिर कामको कुराले बोस वा हाकिलमे फोन गरेर हैरान हुनुभएको छ भने तपाईंका लागी खुसीको खबर छ। सरकारले काम गर्ने समय भन्दा बाहिर हाकिम वा बोसले कर्मचारीलाई फोन गरेको खण्डमा थप 'पे' दिनुपर्ने व्यवस्था गर्न लागेको छ। कार्यस्थल सम्बन्ध (वर्कप्लेस रिलेसन) सम्बन्धि मन्त्री टोन बर्कले अहिले सम्म कानुनी रूप दिनको लागी निर्णय भईनसकेको भएपनि आफू यसबारे सकारात्मक रहेको टुजीबीलाई बताउनु भएको छ। उहाँले ९ देखी ५ को कार्यालय वा रोस्टरमा भएको समय बाहेकको समयमा गरिने कुनै पनि कामको लागी कर्मचारी तथा कामदारलाई थप भुक्तानीको व्यवस्था हुनुपर्ने बताउनु भएको छ। 

अष्ट्रेलियामा कार्यालय समय तथा रोस्टरमा भएको समय पछि पनि बिना थप भुक्तानी काममा लगाउने वा काम सकाउनुपर्ने दबावमा कर्मचारीहरू हुने गरेका छन्। कतिपय कार्यस्थलमा तोकिएको सिफ्टमा काम नसकिने र सक्नको लागी बिना कुनै थप भुक्तानी कर्मचारी तथा कामदारले थप समय बिताउनुपर्ने अवस्था रहेको भनेर गुनासो हुने गरेको छ।

Work Place Warehouse

तर यसखालको व्यवस्थाले कसरी काम गर्छ भन्ने बारेमा थप विवरण आईसकेको छैन। यद्यपी यसले व्यवसायीहरूलाई थप आर्थिक भार पार्नेमा चिन्ता भने छाएको छ।  


टुजीबीमा सुन्नुहोस् यसबारेको रेडियो रिपोर्ट:  

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्