सिड्नीमा नवराज पराजुलीको कविता कन्सर्ट

पछिल्लो समय चर्चा र रूचाईमा परेका कवि नवराज पराजुलीको अष्ट्रेलियामा कविता यात्रा हुने भएको छ। 'कविता कन्सर्ट' नाममा अष्ट्रेलियाको कविता वाचन यात्रा सुरू गरेका उहाँको कविता वाचनको सिड्नी श्रृंखला १७ सेप्टेम्बरमा हुनेछ। सिड्नीको हर्स्टभिलमा रहेको सिभिक थियटरमा उहाँका कविता सुन्नका लागी ३५ डलरको टिकट राखिएको छ। 

Kavita Concert

यो पनि पढ्नुहोस्: यसरी जोडिनुस् अष्ट्रेलियाका नेपालीसँग

पछिल्लो समयमा नेपाली साहित्यमा कविता विद्याले फेरी पाठक एवम् श्रोता पाउन थालेको छ। शब्द, भाव र सन्देशमा शसक्त विम्वको प्रयोगसँगै युवामनलाई कविताले आकर्षित गर्न थालेको हो। यसैक्रममा नयाँ कविकवयत्रीको उदय हुने क्रम नेपाल र अरू देशहरूमा पनि बढिरहेको छ। समयसँगै 'कवि गोष्ठी' 'कविता कन्सर्ट'मा परिवर्तन भएर देश विदेशमा छरिएका नेपाली साहित्यानुरागी साथै श्रोताहरूसम्म पुग्न थालेको छ। त्यसैको एउटा क्रमका रूपमा हुन लागेको सिड्नीको कविता कन्सर्ट नेपाल फियस्ताले गर्न लागेको हो। कवि पराजुलीको यो कविता कन्सर्टलाई प्रिज्मस एजुकेशन एण्ड भिजा सर्भिसेजले प्रायोजन गरेको छ। 

Kativa Concert

नवराज पराजुलीले २०७३ को पद्मश्री (नेपालको, भारतको राष्ट्रिय पुरस्कार होईन) पुरस्कार उहाँको 'सगरमाथाको गहिराइ'का लागी पाउनु भएको थियो। उहाँको पर्थ र मेलबर्नमा कविता वाचनको कार्यक्रम पछी सिड्नीमा हुनेछ। पराजुली कार्यक्रमका लागी आईपुगिसक्नु भएको छ।  

कार्यक्रमको विवरण: 

कविता कन्सर्ट २०२३ 

मिती: १७ सेप्टेम्बर २०२३

स्थान: सिभिक थियटर, हर्स्टभिल 

समय: ६ बजे 

टिकटका लागी: https://ticketsansar.com/e/554 


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्