अनलाईन बिजनेस गर्ने चक्करमा, भिजा क्यान्सिल हुनसक्छ डिपोर्ट

कम दुख र काम गरेर धेरै पैसा कमाउन सके हुन्थ्यो भन्ने सबैलाई लाग्छ। त्यसखालको चाहना गलत पनि होईन। तर त्यसो भन्दैमा गैरकानुनी गतिविधीमा लाग्नु भने हुँदैन। गर्न लागेको काम वा व्यवसायका बारेमा कानुनी र व्यवसायिक परामर्श लिनु पर्छ देखासिकी होईन भन्नेको उदाहरण दुई पाकिस्तानी विद्यार्थी भएका छन्। 

यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा एघार महिनामा १७६ नेपालीले हाले रिफ्युजी भिसा

Hand Cuffed

अलिबाबाबाट सस्तोमा चिनियाँ सामान किनेर अष्ट्रेलियामा महँगोमा बेचेर नाफा कमाउन खोज्दा दुई अन्तर्राष्ट्रिय विद्यार्थी जेल पुगेका छन्। उनीहरूको भिजा क्यान्सिल भएको छ र अदालतबाट अन्तिम फैसला कुरेर बसेको अवस्था छ। यतिखेर चिनबाट सस्तोमा सामान किनेर वा ड्रपसिपिङ मार्फत महँगोमा बेचेर नाफा कमाउने बिजनेस राम्रो चलेको छ। तर, के सामान बेच्ने र कसरी भन्ने कुराको ढंग भने पुरयाउनु पर्दछ। सामान र व्यवसायिक तरिका गैरकानुनी त हुनै भएन। 

अलिबाबाबाट सामान किनेर बेच्ने काममा लागेका दुई पाकिस्तानी विद्यार्थीले भने अष्ट्रेलियन हुलाक टिकट सस्तोमा किनेर अष्ट्रेलियामा बेचेको कारण पक्राउ परेका हुन्। उनीहरूको अपार्टमेन्टबाट ३५ बक्स हुलाक टिकट बरामद भएको थियो जसमा रहेको २४ लाख टिकटको बजार मुल्य ६ मिलियन डलर रहेको प्रहरीको ठम्याई छ। उनीहरूले नक्कली टिकट बेचेर अष्ट्रेलियाको हुलाक व्यवस्था माथि नै आक्रमण गर्न खोजेको अदालतको भनाई छ, अदालतले यही अगस्त १६ मा फैसला सुनाउने छ। 

पाकिस्तानबाट आएका तीन दाजुभाई मध्ये एकले पाकिस्तान फर्केपछी आफू उतै बसेर यता रहेका दुईलाई सामान प्याक गर्ने र डेलिभर गर्ने काममा लगाईरहेका थिए। अष्ट्रेलियामा रहेका ओविद खान र शहेर खानलाई संघिय प्रहरीले २०२१ मार्चमा पक्राउ गरेको थियो। उनीहरूलाई संघिय अपराध संहिता र अपराध ऐन १९१४ अनुसार पाँच वर्ष सम्मको जेल सजायँ हुनसक्छ। त्यसो हुँदा उनीहरू डिपोर्ट समेत हुनेछन्। 

यसबारेको एबीसीको समाचार यहाँबाट पढ्नुहोस्। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्