अष्ट्रेलियामा घर किन्नेलाई सजिलो बनाउँदै नेपालीपेज

अष्ट्रेलियामा घर किन्नु धेरैको चाहना हो र केहीले सजिलै पुरा गरिरहेको पनि अवस्था छ। नेपालीका लागी घर एउटा आवास मात्र नभएर प्रगतीको सूचक पनि हो। नेपाली समाजमा घरले धेरै महत्व राख्दछ। अष्ट्रेलियाको नेपाली समुदायमा पनि नेपालको मुलधार भन्दा फरक धारणा खासै छैन। बरू त्यसमा थप लगानी र प्रतिफलका कुरा जोडिएका छन्। अष्ट्रेलियामा घर एक आवास र निवास मात्र होईन न त प्रगति सूचक मात्र यो बरु प्रगतीको 'पाथवे' चाहिँ पक्कै हो। 

Apartment


त्यसो भन्दैमा अष्ट्रेलियामा घर किन्ने सबैले प्रगती नै गरेका छन् वा घरबाट नाफा नै गरेका छन् भन्ने छैन। कतिपयको लगानी बालुवामा पानी बनेको पनि छ। नेपाली समुदायमा नै घर किन्दा ध्यान दिन नसक्दा वा पर्याप्त अध्ययन र सूचनाहरू संकलन गर्न नसक्दा कम जानकारी कै आधारमा खरिदको निर्णय गर्दा ठूला समस्यामा परेका, पैसा तिरेर पनि भनेजस्तो घर नपाएको धेरै घटना भएका छन्। 

यिनै परिप्रेक्षमा नेपालीपेजले अष्ट्रेलियामा घर किन्न चाहने नेपालीहरूको सजिलोका लागी घर खरिद तथा घर जग्गामा लगानीका बारेमा वृहद बहस चलाउन लागेको हो। बहसमा अष्ट्रेलियामा घर किन्नेका अनुभव, मोर्टगेज तथा रियलस्टेट एजेन्टका सल्लाह, बिल्डरका विचार, आर्थिक पाटोका विभिन्न विषय समावेश हुनेछन्। घर किन्दा वा बनाउँदा अनेकन पाटोका बारेमा फरक फरक व्यक्तिहरूसँगको कुराकानी हुने भएकाले भरखर पिआर भएका वा अरू टेम्पोररी भिजामा रहेकाहरूले अष्ट्रेलियामा घरबार कसरी जोड्ने वा कसरी त्यसको योजना बनाउने भन्ने बारेमा जानकारी पाउन सक्नेछन्। जसले गर्दा घर किन्न सुसूचित निर्णय लिनलाई सहयोग गर्दछ।


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्