एनआरएनएले विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गर्ने

एनआरएनए अष्ट्रेलियाले समुदायका विभिन्न क्षेत्रमा योगदान दिएकाहरु मध्येबाट विभिन्ने १३ क्षेत्रका १३ व्यक्तिलाई सम्मान गर्ने भएको छ। एनआरएनए अष्ट्रेलियाले हरेक दुई वर्षमा नेतृत्व परिवर्तन हुने समय पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने गर्दछ। ‘एनआरएनए अष्ट्रेलिया एक्सिलेन्स अवार्डस्’ शीर्षकमा दिईने सम्मानका लागी सोमबार देखी नोमिनेसन खुला गरिएको छ। 

Awards


१४ अगस्तबाट सुरु भएको नोमिनेसन २० अगस्त २०२३ मा बन्द हुनेछ। यि दिनका बीचमा एनआरएनए अवार्डस् कमिटीलाई प्राप्त हुने नामांकन मध्येबाट एक-एकलाई पुरस्कृत गरिने छ। एनआरएनए एक्सिलेन्स अवार्डस् कमिटीका संयोजक भिष्म भण्डारीका अनुसार एनआरएनए एक्सिलेन्स अवार्सड् वितरण सेप्टेम्बर २, २०२३ मा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय भेला र पद हस्तान्तरण कार्यक्रमकै क्रममा हुनेछ। 

अवार्डसमा स्टुडेन्ट अफ द ईयर (ईयर १२, अष्ट्रेलियाको), स्पोर्टस पर्सन अफ द ईयर (१८ वर्ष माथि), स्पोर्टस पर्सन अफ द ईयर (१८ वर्ष तल), नेप्लीज कल्चरल एम्बासडर अफ द ईयर, एनआरएन अष्ट्रेलिया अफ द ईयर, एनआरएन अष्ट्रेलिया युथ अफ द ईयर, एनआरएन अष्ट्रेलिया ओमन अफ द ईयर, फ्रेड्स अफ नेपाल अफ द ईयर, बिजनसेस पर्सन अफ द ईयर, कम्युनिटी सर्भिस पर्सन अफ द ईयर, अर्गनाईजेशन अफ द ईयर, मेडिया पर्सन अफ द ईयर, र स्टेट पर्सन अफ द ईयर गरेर १३ विधामा सम्मान हस्तान्तरण हुनेछ। 

कसरी गर्ने नोमिनेसन

एनआरएनए अष्ट्रेलियाले दिने अवार्डस् नोमिनेसनमा आधारित हो। यदी तपाईंले आफ्नो नजिकको र चिनेको कसैले राम्रो काम गरिरहेको छ भने उसलाई अवार्डसका लागी नोमिनेट गर्न सक्नुहुन्छ। तर, नोमिनेट गर्ने प्रक्रिया सजिलो भने छैन, नोमिनेट गर्ने मान्छेको बारेमा तपाईंलाई धेरै जानकारी भएको हुनुपर्छ। जस्तो कि घरको ठेगाना, कामको विवरण, प्राप्त उपलब्धि आदी। 

यहाँबाट गर्नुस् एनआरएनए अष्ट्रेलिया एक्सिलेन्स अवार्डस् नोमिनेसन   


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्