यसरी जोडिनुस् अष्ट्रेलियाका नेपालीसँग, काम कोठाका लागी

अष्ट्रेलियामा नेपालीहरूको संख्या बढेसँगै विभिन्न आवश्यकता  र समस्याहरू पनि बढ्न थालेका छन्। काम कोठा पाउन समस्या हुने त सामान्य सुरूवाती समस्या नै भईहाल्यो। त्यो भन्दा पनि अब करिअर, घर खरिद, सम्बन्ध, कानुनी र आर्थिक पाटोका अनेकन समस्या र त्यसको निदानको आवश्यकतामा एक नेपालीले अर्को नेपालीसँग कसरी जोडिने? कसरी नेपालीले नेपालीसँग सहयोग लिने र कसरी नेपालीले संचालन गरेका व्यवसायबाट सेवा लिने भन्नका लागी नेपाली नेपालीको नेटवर्कको आवश्यकता पर्ने नै भयो। अष्ट्रेलियामा नेपालीहरूले एजुकेशन कन्सल्टेन्सी, फेन्सि पसल, रेष्टुरेन्ट, विभिन्न तालिम दिने संस्था, किराना पसल, कलेज, रियलस्टेट, मोर्टगेज एजेन्ट, आदी संचालनमा छन्। तीनका सेवाबारे जानकारी लिने तथा त्यस खालका नेपालीहरूसँग सम्पर्कमा बस्ने माध्यमको रूपमा सामाजिक संजाल फेसबुकका ग्रुपहरू विकास भईरहेका छन्। 
अष्ट्रेलियामा बस्ने नेपालीहरूका ती ग्रुपहरूले नयाँ आउनेहरूलाई काम तथा घर कोठा खोज्नको लागी सहयोगी माध्यमको रूपमा काम गरिरहेका छन्। यदी तपाईं नेपालबाट अष्ट्रेलिया आउँदै हुनुहुन्छ वा अष्ट्रेलियामा नै हुनुहुन्छ र नेपालीहरूको नेटवर्कमा जोडिन चाहनुहुन्छ बने यस्ता फेसबुक ग्रुप तपाईंको लागी सहयोगी हुन्छन्। अष्ट्रेलियाका नेपालीहरूसँग जोडिनका लागी मुख्य फेसबुक ग्रुपहरू यी हुन्:  


Nepalese in Sydney 

Nepalese in Sydney

सिड्नीमा बस्ने नेपालीहरू धेरै भएको यो ग्रुपमा ४३ हजार भन्दा बढी नेपालीहरू जोडिएका छन्। यो ग्रुपमा धेरै काम, कोठा तथा सिड्नीका नेपालीलाई आवश्यक पर्ने सूचनाहरू सेयर भईरहेका हुन्छन्। 

 Nepalese Living in Australia 



अष्ट्रेलियाका सबै राज्य तथा शहरमा छरिएका नेपालीहरू सहभागी यो ग्रुपमा ५ हजार भन्दा बढी सदस्य रहेका छन्। यो ग्रुपमा जोडिएर अष्ट्रेलियाका विभिन्न राज्यका अवसरहरूका बारेमा जानकार बन्न सकिन्छ। 

Nepalese in Tasmania 

अष्ट्रेलियाको तासमानिया राज्यमा बस्ने नेपालीहरूको यो ग्रुपमा पाँचहजार भन्दा बढी सदस्य रहेका छन्। तासमानियाको पीआर अवसरलाई पछ्याउन साथै तासमानियमा पढ्न, काम कोठाको लागी यो समुहमा जोडिनु फाईदाको कुरा हुन्छ।

Nepalese in Queensland 




अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य र ब्रिजबेन, गोल्कोष्ट, सनसाईनकोष्ट लगायतका प्रमुख शहरमा पढ्न वा काम गर्नको लागी बस्ने नेपालीहरू यसमा जोडिएका छन्। क्विन्सल्याण्ड पढ्न आउन चाहने तथा अष्ट्रेलियाका अरू राज्य तथा शहरबाट काम वा घर किन्ने हिसाबले आउन चाहनेलाई यो जोडिने माध्यम बन्न सक्छ।


Nepalese in Perth 


पर्थमा रहेका १० हजार नेपालीहरूको साझा चौतारीको रूपमा रहेको यो ग्रुप पर्थमा काम तथा कोठाको जानकारी साथै कता पढ्ने कुन माईग्रेसन एजेन्ट वा मोर्टगेज ब्रोकरकोमा जाने लगायतका सबै जानकारी पाउनका लागी यो ग्रुप उपयोगी हुन्छ।

Nepalese in Melbourne 



नेपालीहरूको सिड्नी पछीको धेरै बसोबास भएको शहर मेलबर्न हो। यो शहरमा बस्ने नेपालीहरू चाहे विद्यार्थी हुन् या पीआर सिटीजन भईसकेका सबैको नेटवर्क र सूचना साझेदारीको माध्यमका रूपमा यो ग्रुप रहेको छ। यो ग्रुपमा मेलबर्न र भिक्टोरीयाका अरू शहरमा बस्ने नेपालीलाई उपयोगी जानकारीहरू पाउन सकिन्छ।

Nepalese in Darwin


पीआर पाउन सजिलो भएका कारण डार्बिन सर्ने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। त्यो सँगै काम कोठा र सामाजिक गतिविधिका लागी नेपाली नेपाली जोडिनका लागी यो ग्रुप उपयोगी बन्दछ। 

Nepalese in Canberra


अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीहरूको संख्या निक्कै बढिरहेको छ। पीआरका लागी सजिलो र सिड्नी नजिकको भएकाले नेपालीको संख्या बढेसँगै क्यानबेरामा नेपालीहरू फेसबुक ग्रुप मार्फत जोडिन र सूचना साझे गर्ने गर्न थालेका छन्। क्यानबेरा पढ्न वा पीआरका लागी जाने योजना भएकाले यो ग्रुपमा जोडिनु सही हुन्छ।

Nepalese in Auburn 



अष्ट्रेलियामा नेपालीहरूको सबैभन्दा धेरै संख्या भएको उपनगर भएकाले ओबन नेपालीहरू बीच परिचित छ। ओबन नेपालीहरूको लागी उपयुक्त उपनगर हुनुको कारण यो सिड्नीको मुख्य शहरसँग सिधा रेल सेवा भएको साथै पश्विम सिड्नीको नजिक भएकाले पनि हो। अष्ट्रेलियामा घर किनेका नेपालीहरूको ठूलो संख्या पश्विम सिड्नीमा बस्ने गर्दछ। यो ग्रुप ओबन र वरपर कोठा, काम तथा पढाई र पीआरको लागी विभिन्न सूचना साझेदारी गर्नका लागी खोलिएको हो। ओबनमा बस्ने करिब पाँचहजार नेपाली छन् भने ग्रुपमा चार हजार सदस्य पुगिसकेका छन्।

Nepalese in Adelaide 



पीआरको प्रक्रिया मुस्किल भएपछी र सस्तो घरजग्गामा लगानी गर्ने हिसाबमा धेरै नेपाली सिड्नी, मेलबर्नबाट एडिलेड लागेका छन्। नेपालबाट नै एडिलेड पढ्न आउनेको संख्या पनि राम्रै छ। यसरी नेपाली समुदाय विस्तार भईरहेको अवस्थामा, काम, कोठा र सामुदायिक सेवाका लागी यो ग्रुप सहकार्य र साझेदारीको स्थल बनेको छ। 

Australia Nepal 


अष्ट्रेलियामा बस्ने नेपाली र नेपालका नेपाली बीच पुलको रूपमा यो ग्रुप रहेको छ। नेपाल र अष्ट्रेलियामा बस्ने २८ हजार भन्दा धेरै सदस्य रहेको समुह नेपालमा बसेर अष्ट्रेलियाको बारेमा जान्न चाहने र नेपालको बारे अष्ट्रेलिया बसेर जान्न चाहनेहरूको लागी उपयोगी ग्रुप हो। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्