मेलबर्नमा भव्य बनाईंदै दशैं, बहुसांस्कृतिक केन्द्रमा महायज्ञ र टीकाको तयारी

मेलबर्न ।  अष्ट्रेलियाको भिक्टोरिया राज्य मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा यस वर्षको दशैं भव्य र विशेष उल्लासका साथ मनाइने भएको छ। दशैंको नवरात्र भर नवाह ज्ञान महायज्ञ आयोजना हुनेछ, जुन आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म  चल्आने बताईएको छ। यस धार्मिक अनुष्ठानको नेतृत्व पण्डित दिनबन्धु पोखरेलले गर्नुहुने भएको छ।

अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) ले यस पटक दशैंको अवधिभरमा १० हजारभन्दा बढी भिक्टोरियावासी नेपालीहरुले मन्दिर भ्रमण गर्ने अपेक्षा गरेको छ। त्यसका लागी निःशुल्क जमरा वितरणको यसअघिको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था समेत गरिने एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराईले  जानकारी दिनुभएको छ।  

यो पनि पढ्नुहोस्: दशैंको परिकार बनाउने तरिका


"अक्टोबर १५ देखि सुरु हुने मेलबर्न सप्ताहको दोश्रो संस्करणको मुख्य उद्देश्य कम्तिमा एक पटक भएपनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरु आफ्नै मन्दिर परिसरमा मा आउन् भन्ने नै हो", एएनएमसीका सहकोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेलको भनाई छ।

एएनएमसीका सचिव डा. तिलक पोखरेलले १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने जानकारी दिनुभयो। अन्य दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथावाचन गरिनेछ । आरति हरेक दिन साँझ ७ः३० बजे गर्ने योजना रहेको छ।

महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ।

Nepali Sapta Program in Victoria Australia

यो पनि पढ्नुहोस्: दशैंमा दिने पाँच राम्रा उपहार

भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सीसीटिभी लगायतको जडान गरिएको थियो। केही समय अघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो। यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ।

करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रको बृहद गुरुयोजना अन्तर्गत यसलाई मर्मत, निर्माण गरिएको हो। भिक्टोरिया राज्य सरकारले गत वर्षमात्रै करिब ६ लाख अष्ट्रेलियन डलर अनुदान दिएको थियो।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्