अष्ट्रेलियाको राजधानीमै मूलचोक, दूतावासको कामसँगै नेपाली खानाको स्वाद

मूलचोक, शब्दले नै मुख्य चोक जनाउने। क्यानबेराको मूलचोक भन्दा शाब्दिक अर्थ नै हुन्छ अष्ट्रेलियाको राजधानी शहरको मूख्य जंक्सन। राजधानी शहरमा रहेको एउटा नेपाली रेष्टुरेन्टले त्यसखालको ख्याती कमाउनका लागी संघर्ष गरिरहेको छ।  यतिखेर क्यानबेरामा नेपाली रेष्टुरेन्ट 'मूलचोक किचन' राजदूतावासमा काम लिएर जाने देखी अभिभावक, बालबच्चा सहित राजधानी शहर घुम्न जानेहरूको लागी मात्र नभएर स्थानियबासीहरूको समेत नेपाली खानाखाने मुख्य गन्तव्य बनिरहेको छ। 

Mul Chowk Kitchen Canberra


कुरा हो, राजधानी शहर क्यानबेराको मओसनमा रहेको नेपाली रेष्टुरेन्ट 'मूलचोक किचन'को। क्यानबेरा पुग्ने नेपालीहरूलाई नेपाल नै पुगेको जस्तो अनुभव दिने नेपाली खाना, नेपाली आतिथ्य र नेपाली सांगितीक प्रस्तुती प्रस्तुत गर्ने मूलचोक किचनको सजावट, परिकार र प्रस्तुतीले यसलाई कालान्तरमा नेपालीहरूको मूलचोक नै नबनाउला भन्न सकिन्न।  

बिहिबार देखी गुन्जन्छ नेपाल 


मूलचोक किचन क्यानबेराको एउटा विशेषता भनेको चाहिँ यहाँको सांगितीक प्रस्तुती हो। हरेक साताको बिहिबार देखी शनिबार सम्म हरेक साँझ नेपाली र समसामयिक गीत संगित समेटिएको सांगितीक कार्यक्रम हुन्छ। 'लाईभ म्यूजिक' सहितको 'विकेण्ड' बिताउन चाहनेका लागी नेपाली परिकार र गीत संगितको संयोजन सहितको सप्ताहन्तको प्याकेज पाउन सकिन्छ। संचालिका अनिता न्यौपाने क्यानबेरामा रहनुभएका नेपाली कलाकारको प्रस्तुतीले जम्ने नेपाली माहौलका कारण मूलचोकमा नेपालको स्वादसँगै नेपालमा रहेको जस्तै महशुस गर्न सकिने बताउनुहुन्छ। हुन पनि नेपाली संगीत र स्वादको बेजोड मेल भयो भने त्यसले नेपाल सम्झाउने मात्र हैन नेपाल नै अनुभव पक्कै गराउँछ। मूलचोक पुगेकाहरूले त्यो अनुभव गरेको हुनुपर्छ। 

राजदूतावासमा काम लिएर जानेका लागी नजिक र सजिलो 

Mul Chowk Kitchen Canberra distance from Nepal Embassy

मओसनमा रहेको यो नेपाली रेष्टुरेन्टलाई कतिपयले अष्ट्रेलियाको लागी नेपाली खानाको राजदूतको रूपमा समेत लिने गरेका छन्।  नेपाली राजदूतावासको नजिक भएकाले मात्र होईन नेपाली स्वाद र संगीतलाई क्यानबेरा र क्यानबेरा पुग्नेहरुका बीच परिचित गराउने माध्यम बनेका कारण पनि त्यसो भनिँदा अन्यथा लिन नमिल्ला। 'मूलचोक किचन नेपाली दूतावासबाट तीन मिनेटको मात्र दूरीमा छ, दूतावासमा काम लिएर आउनुभएका धेरैजना आउनुभएको हुन्छ, जसले गर्दा अष्ट्रेलिया भरका नेपालीहरूलाई हामी हाम्रो स्वाद पुरयाउन सफल भएका छौं' संचालिका न्यौपाने बताउनु हुन्छ। अष्ट्रेलियाका सिड्नी बाहेक अरू प्रमुख शहर र राज्यबाट पासपोर्ट, कन्सुलर सेवा तथा अरू राजदूतावासका सेवा लिन आउनेहरूको मूलचोक नै बनेको कारण आफूहरूलाई नेपालीपन, नेपाली स्वाद दिनको लागी थप जिम्मेबार बनाएको छ भन्नुहुन्छ अनिता न्यौपाने। हुन पनि, समय र दूरीको हिसाबमा नेपाली दुतावासमा काम लिएर पुग्नेहरूको लागी खाना र आरामको लागी नजिकको नेपाली गन्तव्य भनेको मूलचोक नै देखिन्छ। 

प्राय नेपाली पुग्ने रेष्टुरेन्ट 

Mul Chowk Kitchen Canberra Khana set
धेरै नेपालीले रूचाएको एवम् नेपालीहरूको मुख्य परिकार, खाना सेट

धेरै जसो नेपालीहरूको क्यानबेरा यात्रा बा-आमा, छोराछोरी वा आफन्त घुमाउन र राजदूतावामा काम लिएर नै हुने गरेको छ। राजदूतावासको नजिक र क्यानबेराबाट काम घुमघाम सकाएर निस्कनको लागी पनि ट्राफिक झमेलामा नपर्ने सुल्टोबाटो पर्ने भएकाले पनि धेरै नेपाली यहाँ पुगेका हुन्छन्। नेपाली भात दाल तरकारी होस् वा मम चाउमिन, क्यानबेराको यात्रालाई सुखद मैजारो गर्नका लागि मुख्य स्थल पनि बनेको छ मूलचोक। पार्किङको प्रसस्त व्यवस्था मिलेको हुनु, नेपाली खानाको स्वादमा आफ्नै खालको पहिचान सिड्नी देखी नै स्थापित गर्न सफल हुनु, मूल्यका हिसाबले पनि सस्तो हुनुले यसलाई क्यानबेरा पुग्ने नेपालीहरूले नछुटाउने गन्तव्य बनाएको छ। 

Name: Mul Chowk Kitchen

Address:   4/118 Mawson Pl, Mawson ACT 2607

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्