विश्वभर मनाईयो जनैपूर्णिमा, अष्ट्रेलियाका सबै राज्यमा रह्यो भव्य

हरेक श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज अष्ट्रेलिया सहित विश्वभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईयो।

Janai Purnima

यूरोप, अमेरिका, एशिया, अफ्रिकाका विभिन्न देशमा रहेका नेपाली तथा भारतीय सनातनीहरूले भव्यताका साथ वैदिक मान्यता अनुसार यज्ञोपवित, रक्षासुत्र, राखी ग्रहण गरेर यसलाई मनाएका छन्।  

पूर्णिमाका दिन बिहान वैदिक विधि अनुसार मन्त्ररण गरिएको रक्षासूत्र नदी, तलाउ, मन्दिर आदीमा पुगेर बाँध्ने चलन नेपालमा छ। नेपाल बाहिर रहेकाहरूले सामुदायिक भवन, मन्दिर एवं पार्कहरूमा यसलाई सामुदायिक रुपमा रक्षासूत्र र तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत ग्रहण गरे। यज्ञोपवीत एवं रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरेर अत्यन्त बलशाली दानवराज बली बाँधिन बाध्य भए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता छ। त्यसैको आधारमा रक्षाबन्धनका बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने परम्परा बसेको मानिन्छ। 

ज्वाईं, भानिज तथा गुरू पुरोहितका हातबाट रक्षाबन्धन गर्ने तथा केही समुदायमा दिदी बहिनीका हातबाट रक्षाबन्धन बाँध्ने पनि चलन रहेको छ। आजकै दिन विभिन्न गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर तयार पारिएको क्वाँटी खाने चलन छ।  

अष्ट्रेलियाका छ राज्य र दुई टेरिटरीमा बसोबास गर्ने नेपालीहरूले आ-आफ्नो सबअर्बका सार्वजनिक पार्क तथा मन्दिरमा भेला भएर जनै फेर्ने तथा रक्षाबन्धन लगाउने गरे। अष्ट्रेलियामा नेपालीहरूको आफ्नै मन्दिर र सामुदायिक भवन भने बन्न सकेको छैन। भिक्टोरिया र न्यूसाउथवेल्समा यसखालको तयारी भने भईरहेको छ। 

@nepalipage #fyp #fypシ #fypage #fypシ゚viral #nepalimuser #nepalitiktok #nepsydmuser #nepsydmusers #nepali #sydnep #nepaliaustralia #nepsyd #sydneynepalimuser #ausnepal #nepalitiktoker #nepmelbmuser #neptasmuser #nepbrisbaneuser🇭🇲 #nep #npl #nepaltiktok #australia #nepaliaustralia #sydneynepalimuser #sydneynepalimuser🇳🇵🇦🇺 #nepalsydney❤️ #rockdaleboys #sydnep #sydnepmuser #fypdongggggggg #fypp #fyppage #fyppppppppppppppppppppppp #fyppp #Nepalese #nepalaustralia #nepaliaustralia #sydnep ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्