एडिभिओको केशमा सुबास घिमिरेलाई खोज्दै न्यूसाउथवेल्स प्रहरी

न्यूसाउथवेल्स प्रहरीको पारामाटा एरिया कमाण्डले ३९ वर्षका सुबास घिमिरेलाई एडिभिओ सम्बन्धी मामलामा खोजीको सूचिमा राखेको छ। कमाण्डले बिहिबार तस्विर सहितको सार्वजनिक सूचना जारी गरेर उनलाई पक्राउ गर्नको लागी सहयोग मागेको हो। घिमिरे सिड्नीको क्याम्पसी, क्याब्रामाटा र पारामाटा क्षेत्रमा धेरै आवत जावत गर्ने जानकारी प्रहरीले दिएको छ। 

उनी दुब्लो, भारतीय जस्तो देखिने एकसय ७० सेन्टिमिटर अग्लो रहेको प्रहरीले जनाएको छ। न्यूसाउथवेल्स प्रहरीले चलाएको अपरेसन अमारोक अन्तर्गत ती युवकलाई पक्राउका लागी पूर्जी जारी भएको हो। यतिखेर न्यूसाउथवेल्समा प्रहरीले घरेलु हिंशामा पक्राउ पुर्जी जारी भएकाहरूलाई पक्राउका लागी विशेष सक्रियता देखाएको छ।

विशेष गरेर नेपाली समुदायमा घरेलु हिंशाको मामला धेरै देखिन थालेको छ। 

यो पनि पढ्नुहोस्: सिड्नीमा एक नेपाली युवक प्रहरीको वाण्टेड लिस्टमा

Subash Ghimire ADVO Police Notice

पारामाटा प्रहरी कमाण्डले जारी गरेको सूचना

Anyone with information about this incident is urged to contact Crime Stoppers: 1800 333 000 or https://nsw.crimestoppers.com.au.

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्