सिड्नीमा एक नेपाली युवक प्रहरीको वाण्टेड लिस्टमा

NSW Police Wanted List Rhythm Bhattachan
अष्ट्रेलियामा एक नेपाली युवक प्रहरीको वाण्टेड लिस्टमा रहेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले तस्वीर सहितको जानकारी सार्वजनिक गरेर प्रहरीले २६ वर्षिय एक युवकलाई पक्राउमा सहयोग गर्न सार्वजिक अपिल गरेको छ। प्रहरीले चलाएको अपरेसन अमारोक अन्तर्गत ती युवकलाई पक्राउका लागी पूर्जी जारी भएको थियो। प्रहरीले सम्पर्क गर्न नसकेपछी रिदम भट्टचन नाम गरेका ती व्यक्तिको तस्वीर सहितको अपिल सिड्नीको ओबन उपनगरको ईलाका प्रहरी कार्यालय (ओबन पुलिस एरिया कमाण्ड)ले जारी गरेको हो। 
Rhythm Bhattachan Wanted list in Police


उनलाई दूरसंचार सम्बन्धी कसुरदार भनिएको छ। भट्टचन ओबन, अलावा र सिड्नीको मुख्य शहर (सिबिडी)मा धेरै देखिने गरेको प्रहरीको भनाई छ। न्यूसाउथवेल्स प्रहरीले राज्यभर यतिखेर अपरेसन अमारोक चलाईरहेको छ। जुन घरेलु हिंशा र त्यससँग सम्बन्धित कसुर लक्षित अपरेसन हो। 

पछिल्लो समय अष्ट्रेलियामा घरेलु हिंशा, ठगी तथा लागुपदार्थ ओसापसार जस्ता कसुरमा नेपाली र नेपाली मूलकाहरू पक्राउ पर्ने क्रम बढेर गएको छ। 


यदी तपाईंलाई रिदम भट्टचनका बारेमा केही जानकारी छ भने Crime Stoppers लाई 1800 333 000 सम्पर्क गरेर जानकारी दिनुहोस्।


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्