आभालाई खोज्न सहयोग खोज्दै प्रहरी

 न्यूसाउथवेल्स प्रहरीले १४ वर्षिय एक नेपाली किशोरीको अवस्था पत्ता लगाउनका लागी समुदायको सहयोग खोजेको छ। प्रहरीले उसका सामाजिक संजालमा तस्विर सहितको सूचना राख्दै समुदायबाट उनको अवस्था पत्ता लगाउन सहयोग खोजेको हो। सिड्नीको दक्षिण पश्चिम क्षेत्रबाट सम्पर्क बिहिन बन्न पुगेकी उनी रिज्वीको रेल स्टेशनमा १९ मार्च २०२४ को दिउँसो ३:३० मा देखिएकी थिईन। त्यसपछी सम्पर्क बिहिन बनेपछी माउन्ट ड्रुईट प्रहरीमा परिवारले खोजीका लागी सम्पर्क गरेको थियो।

teenage girl missing in Sydney

किशोरीको हालखबरबारे प्रहरी र परिवार चिन्तित छ। उनको सानो उमेरको कारण पनि उनको सुरक्षा चासो धेरै छ। उनी १६० सेन्टिमिटर अग्लि भारतीय उपमहाद्विपीय वर्ण र कालो लामो कपाल भएकी किशोरी हुन्। रिज्वी र पनानिया क्षेत्रमा आउजाउ गर्ने उनको बारेमा कुनै जानकारी भए प्रहरीले क्राईम स्टपरलाई सम्पर्क गर्न अनुरोध गरेको छ। 

Anyone with information about this incident is urged to contact Crime Stoppers: 1800 333 000 or https://nsw.crimestoppers.com.au. 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्