सुरु भयो स्काईलाईन हाईयर एजुकेशन अष्ट्रेलिया, गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता

स्काईलाईन हाईयर एजुकेशन अष्ट्रेलियाले आफ्नो सेवा सुरु भएको घोषणा गरेको छ। गत मार्चबाट नै विद्यार्थीहरुलाई भर्ना खोलेको कलेजले सिड्नीमा एक कार्यक्रम आयोजना गरेर स्काईलाइन हाईयर एजुकेशन (एसएचई अष्ट्रेलिया)को अध्यापन सेवा औपचारिक रूपमा सुरू गरेको जानकारी गराएको हो।  

कार्यक्रममा दिइएको जानकारी अनुसार एसएचई अष्ट्रेलियाले व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ अ स्पेसलाईजेसन ईन साईबर सेक्युरिटी, व्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी विथ ए स्पेसलाईजेसन ईन आर्टिफिसियल ईन्टेलिजेन्सको पढाई गर्नेछ। तीन वर्षको यी कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुसमेत पढ्न पाउनेछन् भने फेब्रुअरी, मे र सेप्टेम्बरमा ईन्टेक हुनेछ।

Skyline Higher Eduation
कलेज सुरू भएको घोषणाका लागी आयोजना गरिएको कार्यक्रम। तस्विर: आयोजक

एसएचई अष्ट्रेलियाको तीन सदस्यीय बोर्ड अफ डाईरेक्टरमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अष्ट्रेलियाको आईटी क्षेत्रमा १७ वर्ष अनुभवी महेन्द्र ओली, नील ब्रिज, प्रोफेसर क्लाईभ स्मालम्यान रहनुभएको छ।  

मिडियासँग कुरा गर्दै निर्देशक ओलीले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा आउने माग अनुसार आगामी दिनमा आईटी बाहेक अन्य विषयमा पनि माष्टर्स र व्याचलरका कोर्षहरु पनि थप्दै जाने जानकारी दिनुभयो। गुणस्तरीय शिक्षा एकमात्र उद्देश्य रहेको उहाँको भनाई छ।

कलेजका डीन प्रोफेसर युभेटे ब्लोन्टले अष्ट्रेलियाको आईटी क्षेत्रमा देखिएको अभावलाई सम्बोधन गर्न प्रस्तुत गरिएका कोर्षहरुले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आईटीमै केन्द्रित भएर आफुहरु उच्चशिक्षा दिन लागिपर्ने पनि बताउनु भयो।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्