नेपाली संगीतको क्षेत्रमा युवा र नौलो प्रयोग मानिने दुर्गेश थापाको अष्ट्रेलियाको सांगीतिक यात्रा निश्चित भएको छ। आगामी जुलाई र अगस्तमा उहाँलाई अष्ट्रेलियाका विभिन्न शहरमा सांगीतिक प्रस्तुती दिँदै गरेको देख्न पाईने भएको छ। विशेष गरेर युवा पुस्तामा दुर्गेशको क्रेज छ।
उहाँको सिड्नीमा २७ जुलाई शनिबार मेट्रो थिएटरमा सांगीतिक प्रस्तुती रहनेछ।
उहाँको गायकी, प्रस्तुती र शैलीलाई लिएर विश्वभरकै नेपालीबीच चर्चा हुने गरेको छ। पछिल्लो समय विद्यार्थीको परिक्षाको समयमा आफ्नो प्रस्तुती स्थगन गरेर होस् या हेलिकोप्टर चढेर प्रस्तुतीका लागी गएको विषय होस्। उहाँ चर्चामा हुनुहुन्छ। उहाँका ‘बीच बाटो’, ‘ह्याप्पी तिहार’, ‘श्रीमान श्रीमती’ ‘दुश्मन हेरेको’, ‘रातो रातो खुर्सानी’, ‘की दुर्गेश जेलमा’, ‘बाल मतलब’, ‘हुकुमको एक्का’, ‘तिमी संग’, ‘मुद्दा हाल्दिन्छु’, पैसा, साथी र ‘सलाई छ’ लगायतका गीत विशेष चर्चित छन्।
कार्यक्रमको तालिका यस्तो छः
ब्रिजबेनः १४ जुलाई २०२५
होबार्टः १७ जुलाई २०२५
पर्थः २० जुलाई २०२५
न्यूकासलः २३ जुलाई २०२५
क्यानबेराः २५ जुलाई २०२५
सिड्नीः २७ जुलाई २०२५
एडिलेडः ८ अगस्त २०२५
Post a Comment