अष्ट्रेलियामा सिक्छु र गर्छु भन्नेका लागी काईदाको व्यवस्था छ। यदी अष्ट्रेलिया विशेष गरेर न्यू साउथवेल्समा बस्नुहुन्छ भने यो भिडियो अन्तिम सम्म हेर्नुस्। तपाईंका आफन्त छोराछोरी अष्ट्रेलियामा हुनुहुन्छ भने उहाँहरूलाई पठाई हाल्नुस।
यो पनि पढ्नुस्ः जब रेडी प्रोग्राम: ज्वाईन हुनुअघि ध्यान दिनै पर्ने कुराहरू
@nepalipage 🇦🇺 अष्ट्रेलियामा पढे अनुसारको जागीर 😍 पाउनको लागी सस्तो र सित्तैमा Job Ready गराउने Program पनि उपलब्ध छन्। #NepaliPage #jobready #careerready #nepaleseinaustralia #nepalesecommunity ♬ original sound - NepaliPage
अष्ट्रेलियाको रोजगारीको बजार प्रविधिसँगै बदलिईरहन्छ। रोजगार दिनेको आवश्यकता अनुसारको सीप नहुँदा धेरैले आफ्नो पढाई अनुसारको काम नपाईरहेको तितो बास्तविकता छ। तर गर्छु सिक्छु भन्नेहरूको लागी अष्ट्रेलियामा सिप सिक्ने र पढाई अनुसारको जागिरमा जानका लागी परयाप्त वातावरण पनि छ। न्यूसाउथवेल्मा सरकारले नै ईन्स्टिट्युट अफ अप्लाईड टेक्नोलोजी मार्फत आईटी र ईंजिनियरिंगका विद्यार्थीलाई जागिर पाउनका लागी आवश्यक पर्ने सिप सिकाउने व्यवस्था गरेको छ। त्यस्तै टेफएनएसडब्लुले पनि माईक्रोक्रिडेन्सियल कोर्षहरू पढाउँछ जसले विश्वविद्यालय कलेज सकेकाहरूलाई जागिर पाउनको लागी सहयोग गर्दछ। यि कोर्षहरूको शुल्क पनि सस्तो छ र सिकाउने संस्थाहरू पनि रेपुटेड छन्, जुन जागिर पाउनका लागी सहयोगी हुन्छ। कतिपय यस्ता कोर्ष सित्तैमा पनि छन्। यदी तपाईं पनि अष्ट्रेलियामा पढाई सकेर आफ्नो पढाई अनुसारको जागिर पाउन सकिरहनु भएको छैन भने यस्ता कोर्षहरूलाई आफ्नो सफलताको माध्यम बनाउन सक्नुहुन्छ।
Post a Comment