हुण्डीवालको सूचना दिन नेपाली दूतावासको अनुरोध

नेपाली राजदूतावासले अष्ट्रेलियाबाट हुण्डी गर्ने गराउनेहरूको बारेमा सूचना दिन अनुरोध गरेको छ। नेपाली राजदूतावासले एक सूचना जारी गरेर हुण्डी गरेर पैसा पठाउनु असुरक्षित, गैरकानुनी र राष्ट्रहित विपरित रहेको भन्दै यस्ता गतिविधीमा संलग्नहरूको सूचना संकलन गरेर नेपाल सरकारले कारवाही गर्ने बताएको छ। 

Money on hand

अष्ट्रेलियाबाट हुण्डी गरेर पैसा पठाउने काममा संलग्नहरूको विवरण दूतावासलाई पठाउनेहरूको विवरण र परिचय गोप्य राखिने दूतावासले जनाएको छ। हुण्डी मार्फत हुने आर्थिक कारोबार सम्पत्ति शुद्धिकरण तथा आतंकवादी काममा प्रयोग हुने संभावना हुन्छ। नेपाल सरकार अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण पनि यस्ता गतिविधी रोक्न कटिबद्ध हुनै पर्ने हुन्छ।  


यतिखेर विश्वभरका सबै नेपाली दूतावासले हुण्डीमा संलग्नहरूको विवरण संकलनका लागी सूचना जारी गरेका छन्। पछिल्लो समय नेपालले हुण्डी मार्फत हुने कारोबारमाथि कडाई गर्न थालेको छ।  

अष्ट्रेलियाबाट धेरै ठूलो संख्यामा हुण्डीबाट नेपाल पैसा पठाउने गरिएको मानिन्छ।

Post a Comment

Previous Post Next Post

Advertisement

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्