अष्ट्रेलियाको प्रतिष्ठित 'GABS Hottest 100' मा नेपाली ब्रान्ड 2Sherpas

अष्ट्रेलियामा बस्ने नेपालीहरूद्वारा अष्ट्रेलियामा स्थापित 2Sherpas Brewing Company ले विश्वव्यापी क्राफ्ट बियर (craft beer) को बजारमा एउटा नयाँ उचाइ प्राप्त गरेको छ। सिड्नीमा एक कार्यक्रम आयोजना गरेर 2Sherpas ले यसबारे जानकारी दिएको हो। टुशेर्पाजका निर्देशक दिपेश श्रेष्ठले टुशेर्पाजको यात्रा सानो सोच र ठूलो विश्वासका साथ सुरु भएको र आज विश्वका प्रतिष्ठित मञ्चहरूमा पुग्न सफल भएको बताउनुभयो। GABS मा ऐतिहासिक उपस्थिति र जापान निर्यात अष्ट्रेलियाकै सबैभन्दा ठूलो क्राफ्ट बियर फेस्टिभल 'GABS 2025' मा 2Sherpas को 'Rock Jock Hazy IPA' छनोट भएर विश्वका नामी बियर ब्रान्डहरूको बीचमा उभिएको छ। 
.
2Sherpas Beer success journey briefing



कम्पनीले जापानमा समेत आफ्ना उत्पादन Himalayan Lager, Everest Pale Ale, Yeti XPA र Rock Jock निर्यात सुरु गरेको निर्देशक श्रेष्ठले जापानको बजारमा यी उत्पादनहरू 'Australian Beer' को रूपमा नभई 'Nepalese Beer' को रूपमा बेचेको बताउनु भयो।

त्यसै गरेर कम्पनीले आफ्नो नयाँ उत्पादन Peaky Pilsner पनि सार्वजनिक गरेको छ। हिमालको टाकुराको ताजापन र युरोपेली शैलीको समिश्रण रहेको यो बियरले सफलताको शिखरमा पुग्दाको सितलता प्रदान गर्ने विश्वास लिइएको छ। 


2Sherpas Beer Success journey briefing


उत्कृष्ठको भोटिङमा 2Sherpas 


यतिबेला 2Sherpas का प्रख्यात उत्पादनहरू अष्ट्रेलियाको 'GABS Hottest 100' प्रतियोगितामा मनोनयनमा परेका छन्। निर्देशक श्रेष्ठले नेपाली समुदाय र शुभचिन्तकलाई मतदान गर्हान पनि अनुरोध गर्नुभएको छ। मतदान गर्दा कम्तिमा पाँचवटा बियर रोज्नुपर्ने हुन्छ। उत्कृष्ठ बियरका लागी ११ जनवरी २०२६ (11th Jan 2026)मा  सम्म रहेको छ।

यताबाट गर्न सकिन्छ मतदानः www.gabshottest100.com

अष्ट्रेलियाको याशफिल्डमा अवस्थित यो कम्पनी नेपाली सम्पदा र हिमालको स्वच्छ हावाबाट प्रेरित क्राफ्ट बियर उत्पादनका लागि परिचित छ। 

Post a Comment

Previous Post Next Post

Advertisement

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्