कसरी छान्ने बैंकले राम्रो भ्यालु दिने प्रोपर्टी ?

अष्ट्रेलिया आउने धेरै नेपालीको रहर र सपनाको कुरा मात्र होईन बस्दै जाँदाको आवश्यकता हो घर। हुन त आम अष्ट्रेलियनको सपना नै हुन्छ आफ्नै घरमा बस्ने। जुन, आर्थिक अनुशासन र साथीसँगत भयो भने सहजै हासिल हुने कुरा पनि हो। घर, बसोबासको लागी एउटा छानो मात्र होईन न त न्यूनतम आवश्यकतामा मात्र यसलाई राख्न सकिन्छ। अहिले घरजग्गा भनेको आर्थिक सम्वृद्धि र लगानीको क्षेत्र पनि हो। अष्ट्रेलियामा घरजग्गा जसलाई 'रियलस्टेट' भनिन्छ व्यवसायिक हिसाबमा अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने क्षेत्र हो भने ठूलो रोजगारदाता पनि हो। 

Suraj Chhatkuli
सुरज छत्कुली
धेरै नेपालीहरूले घरजग्गाको कारोबारको क्षेत्रमा एजेन्ट, डेभेलोपर, प्रमोटरका रूपमा व्यवसायिक सफलता पनि हासिल गरेका छन्। भने, सामान्य जागिर वा पेशा व्यवसाय गर्नेहरूले पनि पाँच सातवटा घर किनेर यसमा गरेको लगानीबाट राम्रो प्रतिफल पनि हासिल गरिरहेका छन्।  त्यसो भन्दैमा अष्ट्रेलियामा जग्गा किनेर घर बनाउनु त्यति सजिलो पनि छैन। घरजग्गामा लगानी गर्दाका अनेकन जोखिम छन् भने केही 'स्मार्टनेस' देखाउन पर्ने कुराहरू पनि छन्। जसले सफलता वा अरू तिर गएर लगानी बालुवामा पानी हुने जोखिम निर्धारण गर्दछन्। घर वा जग्गा किन्दा एउटा प्रमुख ध्यान दिनुपर्ने विषय हो घरको 'भ्यालु' जुन धेरै हदमा बैंकले निर्धारण गर्ने ठाउँमा पुगेर अर्थ राख्छ।
जसले ऋण लिने देखी लिएर भविष्यमा हुने बेचबिखनमा घाटा नाफाको सवाल पैदा गर्छ। यस्ता विषयमा आफूलाई फाइदा हुने गरेर कसरी निर्णय गर्न सकिन्छ, कसरी अष्ट्रेलियामा जग्गा किनेर आफ्नो 'ड्रिम हाउस' बनाउने सपनामा पानी पर्नु अघि नै सचेतता अपनाउन सकिन्छ भन्ने विषयमा डिभाईन मोर्टगेज एण्ड फाईनान्स मेलबर्नका होमलोन विशेषज्ञ तथा 'मोर्टगेज ब्रोकर' सुरज छत्कुलीको विचारः 

जग्गाको अवस्थितीमा दिनुपर्छ ध्यान

आफूले किन्न लागेको जग्गाको बनौट कस्तो छ, सतह कस्तो छ भन्नेले धेरै फरक पार्दछ। अग्लो, होचो, उबड खाबड परेको, पानी बग्ने भिरालो वा पुरुवा माटो हालेको भए त्यसले घर बनाउँदा धेरै फरक पार्न सक्दछ। जग्गा नमिलेको खण्डमा घर बनाउने बेलामा बिल्डरले थप साईट खर्च माग्दछन्। पानी परेको बेलामा भल बाढीको पनि समस्या आउन सक्दछ। ठ्याक्क घर बनाउनको लागी नमिलेको जग्गा परेको खण्डमा बैंकले ऋण दिने बेलामा समेत कडाई गर्न सक्दछ। भनेजस्तो वा चाहिए जति 'होम लोन' स्वीकृत नहुन पनि सक्दछ। जग्गा किनेर घर बनाउन ठिक्क परेको बेलामा आवश्यक पर्ने रकम बैंकले दिन नमालेको खण्ड त्यसले निम्त्याउने आर्थिक तनाव, व्यवस्थापन गर्नुपर्ने अवस्था मुस्किल कै हुन्छ। 

त्यसैले आफूले किन्न लागेको जग्गा कस्तो हो, त्यसमा कसरी र कस्तो घर बन्दछ भन्ने बारेमा 'डिल' 'डन' गर्नु अघि नै अनुभवी र विशेषज्ञहरूसँग सल्लाह लिनु उचित हुन्छ। ताकी, पछी बैंकले कम 'भ्यालु' दियो वा घर बनाउन 'काउन्सिल अप्रोभल' वा अरू कुरामा समस्या परयो भनेर टाउको समाउन नपरोस्। 

यो पनि पढ्नुहोस्ः अष्ट्रेलियामा रूम सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

low label home


बिजुलीका तार, पोल र ट्रान्सफर्मर 

घर किन्न लागेको ठाउँ वा जग्गाको वरपर कम्तिमा पनि दुईसय मिटर टाढा सम्म बिजुलीको हाईटेन्सन तार वा ठूला पोलहरू भएको हुनुहुँदैन। यसले स्वास्थ्य र सुरक्षामा मात्र होईन घर तथा जग्गाको मूल्यमा समेत प्रभाव पार्दछ। घर अगाडी नै ट्रान्सफर्मर भएका घर पनि धेरैले नलिन नै जोड दिने गर्दछन्। 

ड्राईभ वे 

घर वा जग्गामा प्रवेश गर्ने 'ड्राईभ वे' दुईवटा घरको एउटै वा छिमेकीसँग जोडिएको पनि धेरैले राम्रो मान्दैनन्। जग्गा किन्दा सकेसम्म आफ्नोलागी आफ्नो मात्र 'ड्राईभ वे' भएको जग्गा किन्नु सही हुन्छ। यदी तपाईंलाई आपत्ति छैन भने पनि 'ईन्भेष्टमेन्ट'को हिसाबले हेर्नुभएको छ र लगानी गर्दै हुनुहुन्छ भने यसरी जोडिएको 'ड्राईभ वे' भएको घर वा जग्गा चाहिँ नकिन्दा नै राम्रो हुन्छ। 

सवअर्बको विकास योजना

आफूले किन्न लागेको जग्गा वा घर बनाउन खोजेको क्षेत्रको 'डेभेलोपर'को हो र त्यहाँ के कस्ता भवन, सुविधा, पार्क वा सामुदायिक प्रयोगका साधनहरू बन्दैछन् भन्ने बारेमा पनि अध्ययन गर्नुपर्दछ। त्यसबाहेक सरकारको योजना के छ त त्यो क्षेत्रमा भन्ने अर्को अति नै महत्वको जान्नुपर्ने र अध्ययन गर्नुपर्ने विषय हो घर तथा जग्गा किन्ने सवालमा। फुटपाथहरू कसरी बन्दैछन्, साईकल लेन, सडक कति फराकिलो हुन्छ, सामुदायिक सुविधा के के उपलब्ध हुन्छन्, 'सपिङ सेन्टर', 'बस स्टप', 'चाईल्ड केयर', 'मेडिकल सेन्टर', विद्यालय कता कसरी बन्दछन् भन्ने कुराले पनि तपाईंको घरले भविष्यमा पाउने मुल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्दछ। 

यो पनि पढ्नुहोस्ः सिड्नीमा कोठा महँगो, भाडामा पाउन पनि गाह्रो

T junction road


सडक

त्यस्तै 'राउण्ड अबाउट', 'टी जंक्शन'मा टुंगिएका सडकमा रहेका घर तथा जग्गाका प्लटहरूले पछी राम्रो भाउ नपाउने वा टाउको दुखाईको कारण बन्न सक्दछ। बाटो भन्दा होचो जग्गामा घर बनाउँदा भलपानीले डुबान हुनसक्छ कि? भन्ने तर्फ पनि ध्यान दिनु जरूरी हुन्छ। 

यी कुराहरू भनेका आम मानिसहरूले घर किन्ने बेलामा ध्यान दिने विषय भएकाले तपाईंले यदी भोली बेच्नुपरेमा यस्तै कुराहरूमा किन्ने मानिसलाई विश्वस्त पार्नुपर्ने हुन्छ। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्