फोहोरमा छ मोहोर, छक्कै पार्ने क्लिनरको कमाई

'ह्वेयर इज डर्ट, देअर इज डलर' भन्ने अंग्रेजीको एउटा उक्तिलाई सही साबित गर्दै अष्ट्रेलियाको सिड्नीमा सफाई व्यवसाय गर्ने युवतीले गर्ने गरेको साप्ताहिक कमाईले ईन्टरनेट नै विभाजित भएको छ। सामाजिक संजाल टिकटोकमा आफूले एक सातामा गर्ने कमाईको विवरण राखेकी सार्लेट बोसान्क्वेटको साप्ताहिक कमाई सुनेर धेरै मानिसहरू आश्चर्यचकित बनेका छन्। 

Sydney Cleaner insane income

यो पनि पढ्नुहोस्ः अहिले विद्यार्थीलाई आईटीको क्षेत्रमा काम पाउन सजिलो छ

बोसान्क्वेट सिड्नीमा केयर क्लिनिङ सर्भिसेज सिड्नी नामक सफाई कम्पनी चलाउँछिन्। उनले टिकटोकमा राखेको भिडियोमा ३७४५ डलर एक सातामा कसरी कमाईन भनेर बयान गरेकी छिन्। भिडियोमा उनले साताको पाँच दिन दैनिक पाँच घण्टा काम गरेको र आईतबार एक हजार डलरको 'क्लिनिङ सिफ्ट' लिएको उल्लेख गरेकी छिन्। उनले काम विहानको ९ बजे देखी दिउँसो १२ बजेको सिफ्टमा ४७० डलर र  विहान १० बजे देखी दिऊँसो ३ बजेको सिफ्टमा ६३० डलर कमाएको उल्लेख छ। 

उनको यो कमाईको विवरण भएको भिडियो टिकटोकमा दुईलाख ६७ हजार पटक हेरिइएको छ भने २२१ जनाले उनको यो कमाईलाई लिएर टिप्पणी गरेका छन्। धेरैले उनको कर र सफाईका सामग्रीको खर्च पछीको कमाई सोधेका छन् भने आफूहरूले पनि उनले जस्तै 'क्लिनिङ'को काम सुरू गर्नुपर्ला भनेका छन्। 

धेरै जनाको टिप्पणी आएपछी उनको कर र अन्य खर्च पछीको कमाईको हिसाब दिँदै अर्को भिडियोमा उनले सबै खर्च कटाएर पनि ३५१५ डलर साताको नाफा गरेको हिसाब देखाएकी छिन्।  

@carecleaningservicessyd HIGHLY REQUESTED VIDEO!! Start a business 😏 can you tell I like half days ? haha #cleantok #cleanersoftiktok #cleaningbusiness #youngbusinessowner #startabusiness #20 #weeklypay #moneytok ♬ The Spins - Mac Miller

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्