डेण्टेड कोड बन्यो उत्कृष्ठ आईटी तालिम दिने संस्था

नेपाली युवाले अष्ट्रेलियाको सिड्नीमा संचालन गरेको आईटी तालिम दिने संस्था ‘डेण्टेड कोड’ अष्ट्रेलियामा उत्कृष्ठ ठहरिएको छ। सिड्नीको रकडेलमा संचालनमा रहेको ‘डेण्टेड कोड’ले नेपाली लगायत अन्य देशका विद्यार्थीहरुलाई अष्ट्रेलियाको आईटी क्षेत्रमा रोजगारीका लागी आवश्यस सीप सिकाउने साथै जागिर लगाउन सहयोग गर्दछ। 

सिड्नीको सेन्टजर्ज क्षेत्रको ‘लोकल बिजनेस अवार्डस्’को सन् २०२३को संस्करणमा डेण्टेड कोडलाई उत्कृष्ठ शैक्षिक सेवा दिने संस्थाको रूपमा सम्मान गरिएको छ। बुधबार एक कार्यक्रममा डेण्टेड कोडलाई यो सम्मान हस्तान्तरण गरियो। डेण्टेड कोडका तर्फबाट प्रमुख कार्यकारी प्रेम आचार्यले अवार्ड लिंदै आफूहरूले गरेको अथक परिश्रम र योगदानको समाज समुदायले गरेको सराहनाको रूपमा अवार्डलाई लिएको बताए। उनले समुदायलाई अझै धेरै गर्न बाँकी रहेको भन्दै अष्ट्रेलियामा धेरै माग रहेको सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको भूमिकाका लागी थप जनशक्ति तयार पार्न आफूहरू लागि पर्ने बताए। उनले सन् २०३० सम्ममा अष्ट्रेलियाको नेपाली समुदायलाई आप्रवासीहरू मध्ये आईटीमा सबैभन्दा अग्रणी बनाउन डेण्टेड कोड लागिरहेको बताए। 

यो पनि पढ्नुस्: प्रोफेसनल भिजा एण्ड एजुकेशन माईग्रेसन सेवाका लागी पुरस्कृत

Dented Code Local Awards

डेण्टेड कोडका बिजनेस डेभेलोपमेन्ट म्यानेजर मदनमणि अधिकारीले यसखालको सम्मान अष्ट्रेलियाको व्यवसायिक क्षेत्रबाट पाउनुले डेण्टेड कोडले संचालन गरेको व्यवसायिक सीपमुलक तालिमको सफलतालाई प्रमाणित गर्ने बताए। अधिकारीले डेण्टेड कोडले नेपाली मात्र नभएर विश्वका अरू देशबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि तालिमसँगै अष्ट्रेलियाको आईटी क्षेत्रमा जागिर र करिअर बनाउन सहयोग गरिरहेको जानकारी दिए। अष्ट्रेलियामा आईटीमा सफ्टवेयर तथा प्रोग्रामिङको क्षेत्रमा ठूलो जनशक्तिको माग छ। ‘पीआर र करिअर दुवैको हिसाबले प्रोग्रामिङ पढ्ने र यो क्षेत्रमा जागिर गर्नेहरूलाई अत्यन्त राम्रो अवसर छ’ उनले भने। 

यो पनि पढ्नुस्: अष्ट्रेलियामा एघार महिनामा १७६ नेपालीले हाले रिफ्युजी भिसा 

Dented Code Local Awards

अष्ट्रेलियाको स्किल कमिशनको प्रक्षेपण अनुसार सन् २०२६ सम्ममा अष्ट्रेलियालाई ४२ हजार भन्दा धेरै सफ्टवेयर ईंजिनियर तथा प्रोग्रामरको आवश्यकता पर्दछ। अष्ट्रेलियामा रोजगारदाताले नै ‘स्पोन्सर’ गरेर पीआर पाउनेमा सफ्टवेयर ईंजिनियर तथा प्रोग्रामर पहिलो नम्बरमा छन्। आईटीको क्षेत्रमा दिगो र भरपर्दो करिअर बन्ने भएकाले आईटी पढ्ने नेपाली विद्यार्थीको संख्या समेत बढिरहेको छ। 

डेण्टेड कोडले अष्ट्रेलियाको सिड्नी, क्यानबेराका साथै नेपालमा काठमाण्डौंबाट पनि आईटी तालिम तथा करिअर विकासमा सहयोग पुरयाउँदै आएको छ।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्