आरएनलाई स्मार्ट देखाउने चार नर्सिङ एशोसरिज

आरएन, अर्थात् रजिस्टर्ड नर्स। अष्ट्रेलियामा बस्ने नेपालीहरुको सबैभन्दा बढी आकर्षण रहेको पेशा। पीआर पाउन सजिलो छ, काम र कमाई पनि राम्रो भन्ने एकखालको 'स्टेरियोटाईप' पनि छ यसबारे नेपालीहरूको। त्यसो त तीन वर्षको पढाई सकाउन, अंग्रेजी भाषा परिक्षा र रजिष्ट्रेसन, त्यसपछी 'प्रेसर'को काम त छँदैछ। तर कमाई पनि त छ नि भन्ने हुन्छ नर्सिंङ जोडिएपछी। धेरै अष्ट्रेलियामा साना तथा मध्यम व्यवसाय गर्नेका घरमा एकजना नर्स चाहिँ हुन्छन्, भोली गाह्रो साह्रो पर्दा घरव्यवहार धानिन्छ भन्ने आशा र योजना पनि होला। किनभने नर्सिङ पेशा यतिखेर मात्र होईन लामै समय देखी अष्ट्रेलियामा दिगो र भरपर्दो करिअर क्षेत्रका रूपमा रहेको छ। 

Nurse

यो पनि पढ्नुस्: यसरी बन्नुस् पडकास्टर, नाम पनि दाम पनि


जे होस् अष्ट्रेलियामा शान र मानको जागिर वा पेशा हो नर्सिङ, विश्वभर नै नर्सहरूको माग बढिरहेको छ। जसले गर्दा ग्लोबल करिअर बनाउन सकिन्छ नर्सिङमा। नर्सहरूको करिअर विकास पनि छिटो हुन्छ, हरेक वर्ष जसो 'प्रमोसन' र 'पे' बढ्ने भएकाले नर्सहरूको जीवनशैली पनि राम्रो देखिन्छ। गाडि, पहिरन र जीवनशैलीले नै सहजै चिन्न सकिन्छ आरएनलाई। पेशा नै त्यस्तै दक्षसँगै स्मार्ट पनि हुनै पर्छ। चाहे एज्ड केयरमा होस् या हस्पिटल आरएनको एउटा 'नोटिस' हुने कुरा भनेको चुस्ति र फूर्तिलोपन हो। 


त्यसका लागी आरएनहरूले एशोसरिज र ड्रेसमा धेरै ध्यान दिनुपर्ने हुन्छ। काममा स्मार्ट देखिने मात्र होईन प्रोफेसनल र स्ट्याण्डर्ड मेन्टेनको हिसाबले पनि केही एशोसरिजहरू चाहिँ नभई नहुने नै हुन्छ। यहाँ त्यस्तै पाँ एशोसरिजका बारेमा उल्लेख छ। 

  • ब्याग: एज्ड केयर होस् या हस्पिटल काममा जाँदा खाना, खाजा सँगै व्यक्तिगत प्रयोगका समान राख्न एउटा ब्याग त सबैलाई जरूरी हुन्छ। ब्याग पनि त्यस्तो होस् जसमा आफूलाई चाहिने केही मेकअपका सामान, खाजा, खाना, पानी साथै अरू चाहिने कुराहरू अटाउन सकोस्। अझ राम्रो स्ट्याण्डर्डको देखिने र पैसा पनि त्यस्तो धेरै नपर्ने। ति सबै विचार गर्दा आरएनका लागी रियाक्सनको यो ब्याग राम्रो विकल्प हुनसक्छ। 

झोला


  • नर्स कप: काममा कफी वा पानी पिउनका लागि कप त जरूरी कुरा नै भईहाल्यो। त्यसमा पनि आजकल 'कस्टम डिजाईन' गरिएको कप नै पाउन थालिएको छ। नर्सहरूका लागी मोटिभेसन र गर्व महशुस हुने गरेर तयार पारिएको कप स्मार्ट देखाउने अर्को एशोसरी हो। 
नर्स कप

  • ब्याज रील: कार्यक्षेत्रमा रहँदा आरएनहरुले आफ्नो छातीमा देखिने गरेर नाम ब्याज लगाएको हुनुपर्छ। धेरै पेशाहरूमा यस्तो व्यवस्था भएपनि नर्सिंङमा यो अनिवार्य नै हो। नामलेखेको ब्याज राख्न वा अड्काउनका लागी यो नभई नहुने कुरा हो। त्यसमा पनि घडी भएको र तन्काउन मिल्ने भयो भने सुनमा सुगन्ध हुने नै भयो। जसले नर्सलाई स्मार्ट बनाउँछ। 
नेम ब्याज




  • हेड ब्याण्ड: नर्सहरू काममा प्रेसरमा नै हुन्छन्। त्यसो त नर्स टु पेसेन्ट रेसियोका कारण काममा हतार र व्यस्त पनि रहिन्छ। त्यस्तो बेलामा कपाल सम्हाल्ने फुर्सत हुने त कुरै भएन। त्यसैले हतारमा रहने नर्सहरूको लागी कपाल सम्हालेर राख्नका लागी हेडब्याण्ड आवश्यक नै हुन्छ। त्यसमा पनि कोभिडको कारण सुरू भएको मास्क लगाउनुपर्ने व्यवस्था त छँदैछ। जसले गर्दा मास्क समेत अड्काउन सजिलो हुने ब्याण्ड स्मार्ट च्वाईस हुन्छ। 
हेड ब्याण्ड




Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्