यसरी बन्नुस् पडकास्टर, नाम पनि दाम पनि

पडकास्ट, यतिखेर एकदमै चलेको कन्टेन्ट निर्माणको विधा। सामाजिक संजालको सकारात्मक प्रयोग गर्नेहरूका लागी यो छोटो समयमा राम्रो नाम र दाम कमाउने माध्यम बनिरहेको छ। तपाईं पनि सुरू गरेर छोटो समयमा नै राम्रो पडकास्टर बन्न सक्नुहुन्छ। 

तपाईंहरूले फेसबुकको रिल्स तथा टिकटोकमा अनेक छोटा तथा मझौला दुई देखी १० मिनेटका भिडियोहरू मनै छुने सन्देशका साथ सेयर हुँदै आएको देख्नुभएकै छ। अनि स्पोटिफाई, गुगलपडकास्टस, एपलपडकास्टमा प्रसिद्ध व्यक्तिहरूका अन्तर्वार्ता तथा अनुभव र विचार त पक्कै सुन्नुभएकै होला। केही नभएपनि एसबीएस नेपालीले वेबसाईटमा राख्ने गरेको विभिन्न विषयमा गरिएका अन्तर्वार्ता तथा कुराकानीको अंश त पक्कै सुन्नु भएकै होला। हो, ईन्टरनेटमा जसरी हामीले लेखेर वा भिडियोको माध्यमबाट आफ्ना विचार र सूचनाहरु साझे गर्दछौं त्यसरी नै यदी अडियोलाई माध्यम बनाईयो भने चाहिँ त्यो पडकास्ट हो। यसलाई सजिलो गरेर अनलाईनमा रेडियो जस्तै गरेर अडियो मार्फत आफ्नो विचार तथा जानकारी साझे गर्ने काम पडकास्टिङ हो। यदी तपाई आफ्नो कन्टेन्ट 'ध्वनी' (अडियो) फाईलमा सुरक्षित गरेर ईन्टरनेटमा साझे गर्नुहुन्छ भने तपाईं पडकास्टर हुनुहुन्छ। अनलाईन आवाजको जादुगर पनि भन्न सकिन्छ पडकास्टरलाई। 

यो पनि पढ्नुस्: यसरी जोडिनुस् अष्ट्रेलियाका नेपालीसँग

Podcaster


के हो पडकास्ट? 

पडकास्ट पनि ब्लग जस्तै एक खालको सूचना वा जानकारी साझा (सेयर) गर्ने माध्यम हो। ब्लगमा अक्षरमा लेखेर विचार, सूचना वा अन्तर्वार्ताहरू तयार पारिन्छ भने पडकास्टमा रेडियोमा कार्यक्रम तयार पारे जसरी आवाजको रूपमा ध्वन्यांकन (रेकर्ड) गरिन्छ। एक किसिमले भन्दा रेडियोमा रेकर्ड गरेर तयार पारेको सामग्री एकखालको जटिल प्रशारण प्रणाली प्रयोग गरेर प्रशारण गरिन्छ भने पडकास्टमा रेकर्ड गरिएको सामग्री वेबमा अडियो फाईलको रूपमा सेभ गरेर सेयर, प्लेब्याक गरिन्छ। पडकास्ट एक हिसाबले अनलाईनमा रेडियो चलाउनु जस्तो हो।  

पडकास्टको भिडियोले गराउँछ पपुलर 

तपाईं यदी पडकास्ट गरिरहनु भएको छ वा गर्ने तयारीमा हुनुहुन्छ भने पडकास्टलाई भिडियोमा पनि उतार्नुस्। यतिखेर त्यो एकदम जरूरी भएको छ। भिडियोमा उतार्दा 'टिकटोक' जस्तो छिटो भाईरल हुने माध्यमबाट नाम र दाम कमाउन सकिने थप संभावना पनि पाउन सकिन्छ। हुन त पडकास्ट अडियो मात्र हुने विधा हो तर युट्युब, फेसबुक, टिकटोक लगायतका धेरै माध्यममा सेयर गर्न सकिने र त्यसबाट एकदम धेरै मात्रामा आर्थिक उपार्जन समेत हुने भएकाले पडकास्टलाई भिडियो फर्ममा समेत लैजानू आवश्यक हुन्छ। नेपालीहरूका चलेका पडकास्टहरू हेर्नुभयो भने कुराकानी गर्ने दुई पक्षका गतिविधी मात्र भएपनि रेकर्ड गरेर प्रशारित गरेको देख्न सक्नुहुन्छ। त्यसो त अंग्रेजी भाषाका अष्ट्रेलियाकै पडकास्टहरु पनि हेर्नुभयो भने यसखालको ट्रेण्ड देख्न सकिन्छ। भिडियो समेत रेकर्ड गर्दा धेरै प्लाटफर्म प्रयोग गर्न सकिन्छ भने आर्थिक उपार्जनको हिसाबले पनि यो अत्यन्तै फाईदाजनक छ।  

कसरी गर्ने बन्ने पडकास्टर?

पडकास्टर बन्नको लागी भनौ पडकास्ट सुरू गर्नको लागी प्राविधिक रूपमा एकदम सजिलो छ। तपाईंसँग कुनै विषयको ज्ञान छ वा सम्बन्धित विषयमा विज्ञहरूको नेटवर्क छ भने तपाईंको लागी कन्टेन्ट र अडियन्सको पनि दुख हुँदैन। किनभने हरेक विषयमा विज्ञहरूको अनुभव सुन्न चाहनेको संख्या एकदमै धेरै छ। यदी तपाईंमा त्यस्तो धेरै विषय विज्ञता छैन भने तपाईंले जिवन तथा भोगाईका विषयमा अन्तर्वार्ता फर्म्याटमा कन्टेन्ट बनाएर अनलाईनमा राख्न सक्नुहुन्छ। अष्ट्रेलियामा बसेर पडकास्ट गर्न लाग्नुभएको छ भने अष्ट्रेलियाको जिवन त्यसमा पनि दुखको कुरा गर्नुभयो भने नेपालीहरूको भावुक सेयर र हेराई पाउनु हुनेछ जसले तपाईंलाई सहजै एउटा स्थापित पडकास्टर बनाउन सक्छ। 

पडकास्ट सुरू गर्न भन्दा अगाडी योजना बनाउनु चाहिँ जरूरी हुन्छ। कुन विषयमा केन्द्रित भएर मात्र कन्टेन्ट बनाउने, को को अन्तर्वार्ताकालागी छान्ने र कुन प्लाटफर्म प्रयोग गर्ने भन्नेमा पहिले नै प्रष्ट हुनु जरूरी हुन्छ। पडबिन, एंकर, गुगल पडकास्टस्, एपल पडकास्ट लगायत धेरै प्लाटफर्महरू उपलब्ध छन्। धेरै निशुल्क प्रयोग गर्न सकिने पनि छन्। तीन मार्फत पडकास्ट गरेर आर्थिक उपार्जन पनि गर्न सकिन्छ। 

तीसँगै भिडियो रेकर्ड तथा सम्पादन गरेर युट्युब, फेसबुक तथा टिकटोकमा राख्ने हो भने यताबाट अरू थप मानिसहरूसम्म पुग्न सकिन्छ भने विज्ञापनबाट प्रसस्त आमदानी समेत गर्न सकिन्छ। 

यो पनि पढ्नुस्: अष्ट्रेलियामा बा-आमा ल्याउँदा यस्ता कुरामा दिनुस् ध्यान

पडकास्ट
विभिन्न पडकास्ट प्लाटफर्महरू


के के उपकरण चाहिन्छ? 

पडकास्ट सुरू गर्नको लागी कम्प्युटर, माईक्रोफोन लगायतका उपकरणहरू जरूरी हुन्छन्। सुरूवाती चरणमा मोबाईल फोन नै पनि प्रयोग गर्न सकिन्छ। यसबाहेक भिडियो रेकर्ड गर्ने हो भने त्यसका लागी छुट्टै भिडियो क्यामेरा समेत आवश्यक हुन्छ। पडकास्टिङलाई रेडियो स्टुडियो कै झलक दिन स्टेज समेत बनाउन सकिन्छ। जसले व्यवसायिक रूप मात्र दिँदैन श्रोता तथा दर्शक पनि बढाउन सहयोग गर्दछ। 

माईक्रोफोन : पडकास्टका लागी अत्यावश्यक उपकरणका रूपमा यसलाई लिन सकिन्छ। माईक्रोफोन स्ट्याण्ड सहित ३५ डलर देखी माथि पाउन सकिन्छ। 

Microphone for podcasting

पडकास्ट बण्डल: पडकास्ट सुरू गर्नका लागि आवश्यक माईक्रोफोन, मिक्सर सहितको सबै सेट नै पनि किन्न पाईन्छ। यसले तपाईंलाई पडकास्ट गर्नका लागी के के चाहिन्छ त्यो सेट नै उपलब्ध गराउँछ। 


माथि उल्लेख भएका एकजनाले आफ्नो एकल प्रस्तुतीका लागी प्रयोग गर्न सक्ने उपकरण भए। तपाईंले यदि गेस्ट नै ल्याएर अन्तर्वार्ता चलाउन चाहनुहुन्छ भने दुई देखि चारवटा माईक्रोफोन भएका उपकरण सेट पनि पाँच देखी सातसय डलरमा पाउन सकिन्छ। 



व्यवसायिक रूपमा नै पडकास्टर हुने हो भने चाहिँ गुणस्तरिय नै उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। उपकरणमा पनि पडकास्टको गुणस्तरमा भर पर्ने भएकाले त्यसमा पनि ध्यान दिनुपर्छ। यस्ता उपकरण माईक्रोफोन, मिक्सर सबै एउटै बण्डलमा पनि पाउन सकिन्छ। 




पडकास्टिंगका फाईदा 

पडकास्ट गरेर कन्टेन्ट मात्र सेयर भईरहेको हुँदैन। यदी तपाई कुनै व्यवसाय वा पेशामा हुनुहुन्छ भने तपाईंले आफ्नो ज्ञानसँगै आफैलाई ब्राण्ड बनाई रहनुभएको हुन्छ। यदी तपाईं व्यवसाय गरिरहनु भएको छ भने पडकास्टले तपाईंलाई नयाँ ग्राहक वा क्लाईन्ट दिन्छ भने तपाईंको 'रिटेन्सन रेट' पनि बढेर जान्छ। यसबाहेक तपाईंले पडकास्टिंग गरेर पैसा कमाउन सक्नुहुन्छ भने मानिसहरूलाई ईंगेज बनाएर सेलिब्रेटी पनि बन्न सक्नुहुन्छ। आफ्नो ज्ञानको दायरा बढ्ने र सन्तुष्टिको कुरा त छँदैछ। 

राम्रो कमाई 

पडकास्टिङबाट अरू पेशा वा रोजगारीबाट भन्दा राम्रो कमाई गर्न सकिन्छ। अहिले मिलिरहेको धेरै प्लाटफर्महरूको कारण एउटै कन्टेन्टबाट कम्तिमा चार ठाउँबाट 'मोनिटाईजेसन' गर्न सकिन्छ। युट्युब, फेसबुकबाट मात्र हुने आमदानी हेर्ने हो भने पनि त्यसले १०-५ को अफिस होस् या सिफ्टवर्क त्यसलाई सजिले उछिन्न सक्दछ। बस्, अडियन्सलाई ईंगेज गर्न सक्न चाहिँ परयो। 

स्पोन्सरसिप: पडकास्टरलाई विषय अनुसार सम्बन्धित क्षेत्रका व्यवसायले विज्ञापन दिने गर्दछन्। तपाईंको पडकास्टको लोकप्रियतासँगै त्यस्ता व्यवसायबाट विज्ञापनको प्रस्ताव आउँछ या तपाईं आफै पनि प्रस्ताव लिएर जानसक्नुहुन्छ। 

सब्सक्रिप्सन: विज्ञापन बाहेक मासिक शुल्क लिएर पडकास्ट सुन्न दिने पनि गर्न सकिन्छ। तर, यसका लागि पडकास्ट उपयोगी र मानिसहरुले खोजेको विषयमा विज्ञको कुरा जोड्न सक्ने हुनपरयो। 

वेबट्राफिक: यदी तपाईं ब्लग वा वेबसाईट चलाउनुहुन्छ भने पडकास्ट मार्फत युजर ईंगेजमेन्ट बढाएर वेबसाईटमा ट्राफिक बढाउन सक्नुहुन्छ जसले तपाईंको ब्लग मार्फत हुने आम्दानी पनि दोब्बर बनाउन सक्नुहुन्छ।

के विषयमा बनाउने पडकास्ट? 

पडकास्ट जे विषयमा पनि बनाउन सकिन्छ। तर जुन विषय ट्रेण्डमा छ वा जुन विषय तपाईंले टार्गेट गर्ने समुदायमा चासोको हुनसक्छ त्यसमा नै पडकास्ट बनाउन थाल्नुभयो भने त्यसले छिटै नै तपाईंलाई नाम र दाम दिनसक्छ। तपाईंले नेपालीहरुको फेसबुक ग्रुपमा भईरहेको कुराकानी वा टिकटोक र युट्युबमा चलेको विषयमा बनाउन सुरू गर्नुभयो भने छिट्टै राम्रो दर्शक तथा श्रोता पाउन सक्नुहुन्छ। केही तलका टपिकमा पनि पडकास्ट सुरू गर्न सकिन्छ: 

  1. अष्ट्रेलियाको विद्यार्थी जीवन (नेपाल र अरू देशमा बस्नेहरुलाई एकदम चासो छ यसमा, अझ दुख पाएँ कोठा पाउन गाह्रो भयो काममा धेरै दुख भयो अष्ट्रेलियाका नेपालीहरू विद्यार्थीलाई सहयोग नै गर्दैनन् भन्ने विषय उठाउनु भयो भने तपाईंले छिट्टै राम्रो हिट पाउनु हुनेछ) यसबारेमा कन्टेन्ट बनाउन पनि सजिलो छ। 
  2.  खाना (हामी नेपालीहरू खाने र लाउनेमा धेरै ईंगेज्ड छौं, सरसरी तपाईंसँग जोडिएका मानिसहरूको टाईमलाईन हेर्नुस आफै विश्वस्त हुनुहुनेछ, यो राम्रो टपिक हो)
  3. घुमघाम (धेरैलाई चासो हुने नयाँ ठाउँ र कसरी सस्तोमा राम्रो ठाउँ जान सकिन्छ भन्ने पनि हो) 
  4. घर तथा बगैचा (घरको सजावट देखी बगैंचाको स्याहार बारेका विषयमा धेरैलाई चासो हुन्छ, विशेष घर किनेर सेटल भईसकेकाहरूलाई टार्गेट गर्न सकिन्छ)
  5. प्रविधी (नयाँ नयाँ प्रविधी र ग्याजेट प्रयोगका बारेमा धेरै चासो छ समाजको)
अरु पनि धेरै विषय उठाउन सक्नुहुन्छ तपाईंको वरपर वा काम र पेशाकै विषयमा पनि। अंग्रेजी भाषामा गर्न सक्नुभयो भने त्यसले ठूलो बजार संभावना बोक्छ भने नेपालीमा गरे पनि समुदायलाई ईंगेज गर्न सक्नुहुन्छ।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्