कति दिन सम्मको बासी खान हुन्छ अष्ट्रेलियामा

अष्ट्रेलियामा बस्ने नेपालीको संख्या दैनिक बढिरहेको छ। विद्यार्थीका रूपमा धेरै आउने भएकाले काम र पढाईको व्यस्तताको कुरा धेरै उठिरहेको हुन्छ। नेपालबाट अष्ट्रेलिया पढ्न आउने भने पनि पढाई र खानबस्नको खर्च नेपालबाट ल्याउने खासै हुँदैनन्, यतै सबैको व्यवस्था मिलाउनु पर्ने भएकाले काम र पढाईको डबल डोज चलिरहेको हुन्छ। जसले गर्दा जहिले पनि हतार हुन्छ भन्ने एकखालको 'मिथक' बसाईएको पाईन्छ। जुन धेरै हदमा साँचो होईन। अष्ट्रेलियामा विद्यार्थीका लागी त्यस्तो धेरै गाह्रो र समय नै नपुग्ने भन्ने होईन। तर, पढाई र कमाई अनि आफ्नो करिअर र जीवनको योजना नबनाई 'जहाँ जाला जोगी भातै खाला' पारामा चल्नेहरूको लागी भने यो सोह्रै आना सही हुनसक्छ। 


food


त्यही व्यस्तता देखिएका कारण अष्ट्रेलियामा बसेकाले नेपालमा जस्तो बिहान बेलुका नै खाना बनाएर ताजा साजी खाना खाँदैनन् सबै फ्रिजमा राखेर खान्छन् भन्ने बनेको छ। विशेष गरेर अष्ट्रेलिया आएका बा-आमाहरूले नेपाल पुगेर गर्ने कुरा पनि हो यो बिहान पकायो फ्रिजमा राख्यो राती त्यही खायो उस्तै परे भोलिपल्ट बिहान पनि त्यही खाने व्यवस्था पनि कतिपयको हुन्छ। यसो हुनाको कारण नेपालमा फ्रिज र विद्युतिय उपकरणको प्रयोग कम हुने भएकाले पनि हुनसक्छ वा हामीसँग आफ्नो लागी धेरै समय भएकाले पनि। 

तर, बासी खाना नै नखाने भने हैनौं हामी नेपाली पनि। भुटेको भात त धेरैले खाएकै छौं एक डेढ दिन बासी पनि। मासु र रोटी त मिलाएर साता दुई साता नै खान हुन्छ। खाईएको पनि छ। अष्ट्रेलिया आईसकेपछी समयको बचतको हिसाबले पनि एकपटक खाना बनाएसी दुई वा तीन पटक खान पुग्ने गरेर व्यवस्था मिलाउने चलन धेरै को हुन्छ्। त्यसो हुनाको कारण श्रीमान-श्रीमती दुवै काममा जाने भएकाले पनि हुनुपर्छ। 

अब कुरा आऊँछ कति दिन सम्म खान हुन्छ त एकपटक बनाएको खाना वा बाँकी रहेको खाना। सामान्यतया एकपटक बनाएको खाना तीन दिन भन्दा बढी समय राखेर खानु हुँदैन। यसरी बासी वा एकपटक बनाएर राखेको खाना खाँदा यस्ता कुरामा ध्यान दिनु जरूरी छः 

  • चिसो बनाएर राख्नुपर्ने खानालाई सिधै फ्रिजमा राख्नुस्। 
  • फ्रिज भित्रको तापक्रम ५ डिग्री भन्दा कम राख्नुस्। 
  • फ्रिजमा राख्नुपर्ने खानेकुरा चार घण्टा भन्दा बढि समय बाहिर खुला राखिएको रहेछ भने त्यो खानेकुरा नखानुस्।
  • मासुलाई 'डिफ्रोस्ट' र 'मेरिनेट' गर्न नभुल्नुस्। 
  • फ्रिजमा राखेको खाना खानु अघि ६० डिग्री वा उम्लने र वाफ आउने नहुँदा सम्म तताउनुस् र मात्रै खानुस। 

खानाको कारण नै पेट लाग्ने वा पखला चल्ने भएकाले खानेकुरा खाँदा खानाको साथै आफ्नो हातको स्वच्छताबारे नि ध्यान दिनुपर्छ। नेपालीहरूको हात धोएर मात्रै खाना खाने वा तयार पार्ने बानी छ, तर हतार भयो भनेर साबुन पानीले हात धुन चाहिँ नभुल्नुस्। थप जानकारी न्यूसाउथवेल्सको फूड अथोरिटीबाट पाउन सकिन्छ। 
 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्