पृथ्वी जयन्तीमा अष्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने

आधुनिक नेपालका एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ति एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउने भएका छन्। हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्। पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताउनु भयो। 

international Nepali Day & Prithivi Jayanti
सिड्नीमा मनाईएको अन्तर्राष्ट्रिय नेपाली दिवश तथा पृथ्वी जयन्तीको फाईल तस्वीर।

 नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा हामीले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालेको धेरै वर्ष भईसकेको छ। नेपाली हुनुको आत्मबोध र आगामी पुस्तालाई नेपाली राष्ट्रियतासँग साक्षात्कार गराउने महान दिनको रूपमा यसलाई लिनुपर्ने नेपाली समुदायका अगुवा एवम् अभियन्ता डिला खरेल बताउनु हुन्छ। 

पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का आयोजक कमितीका सदस्य युवा अभियन्ता  दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्नका लागी तथाकथित बुध्दिजिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको बताउँछन्। नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको सन्देश दिने दिन रहेको आयोजकको भनाई छ। 

शुक्रबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वी नारायणशाहको सम्झना गर्ने कार्यक्रम तय भएको छ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम नेपालीहरूको घना बसोबास भएको ओबनमा हुन लागेको छ। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तिको उपलक्षमा कार्यक्रम आयोजना हुने छ। सबै राज्यहरूमा कार्यक्रमको खाका बनेको आयोजकहरूले जानकारी दिएका छन्।  

सिड्नीको कार्यक्रम: 

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुन लागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमा विभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम हुनेछ। 

कार्यक्रमको विवरण:

स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती:  पौष २७, २०८०, शुक्रबार 12 January, 2024 

समय: बिहान ११ बजे देखी ५ बजे सम्म (सिड्नीको समय अनुसार)

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्