नेपाल पैसा पठाउँदा ध्यान दिनै पर्ने कुरा

राम्रो रेटमा नेपाल पैसा पठाउँदै छु भनेर मख्ख पर्दै हुनुहुन्छ? सही हो, राम्रो रेट पाउँदा मख्ख त हुने नै कुरा हो। तर, तपाईंले पठाएको पैसा नेपालमा कसरी जम्मा भईरहेको छ याद गर्नुभएको छ? छैन भने अहिले नै आफ्नो बा-आमा वा आफन्तलाई सोधिहाल्नुस्। अष्ट्रेलियामा रेमिट कम्पनी भनेर पैसा पठाएका धेरैको नेपालमा परिवारलाई भने विभिन्न व्यक्तिहरूले खातामा पैसा जम्मा गरिदिने गरेको भेटिएको छ। जसले गर्दा उनीहरुको कारोबार नै गैरकानुनी बन्ने र जेल सम्मको सजायँ हुने अवस्था छ। 

List of NRB listed Legal Remit 

Send Money Nepal Australian Dollars Nepalese Rupees

सिड्नीको ओबन बस्ने ** श्रेष्ठले *** रेमिटबाट पठाएको पैसा नेपालमा आमाको खातामा *** गुरुङको नामबाट जम्मा भएको श्रेष्ठले बताउनु भयो। त्यसो त फरक फरक समयमा पठाएको पैसा फरक फरक व्यक्तिको नामबाट जम्मा हुने गरेको छ। 'पठाएको भने पनि खातामा पैसा आउन पनि दुई तिन दिन लाग्छ', श्रेष्ठकी आमाले नेपालीपेजलाई मेसेन्जर कलमा बताउनु भयो। श्रेष्ठ जस्तै गरेर नेपाल पैसा पठाउने धेरैको पैसा नेपाल पुग्न दुई तीन दिन लाग्ने र फरक फरक व्यक्तिका नामबाट जम्मा हुने गरेको छ।

अष्ट्रेलियाबाट वैधानिक देखिने र नेपाल पुग्दा गैरकानुनी बनिसक्ने गरेर पैसा पठाउने धेरैका परिवारले नेपालमा भने समस्या भोग्न थालेका छन्। नेपालमा आर्थिक कारोबारमा कडाई गर्न थालेपछी धेरैको कारोबार र बैंक खाता रोक्का हुन थालेको छ। भने, कतिको त केश प्रहरीमा परेर हिरासत सम्म पुगेको पनि अवस्था छ। 

 

यसरी ठगिएँ भनेर भन्ने दिन नआओस् भन्नेमा सँधै सतर्क रहनु राम्रो

अष्ट्रेलियाबाट पैसा पठाउँदा यस्तोमा दिऔं ध्यान:


सकेसम्म अष्ट्रेलिया र नेपाल दुवै देशमा दर्ता भएका र दुवैका केन्द्रीय बैंक वा सम्बन्धित निकायका वेबसाईटमा सूचिकृत रेमिट कम्पनी। जस्तो कि अषट्र्याक र नेपाल राष्ट्रबैंकको सूचीमा रहेका कम्पनीहरू। 

एक भन्दा धेरै देशबाट कारोबार गर्ने रेमिट कम्पनीहरू। अष्ट्रेलिया, वेलायत, अमेरिका, भारत, फिलिपिन्स, जापान, नेपाल लगायत विश्वका धेरै देशहरूमा कारोबार गर्ने कम्पनीहरू छान्दा राम्रो। धेरै देशमा कारोबार गर्ने यस्ता कम्पनीहरू ठग हुने संभावना कम हुनसक्छ। जस्तो कि रेमिट्ली। यस्ता कम्पनीहरूले दिने रेट केही कम होला तर पैसा सुरक्षित र कानुनी हुन्छ। 

फेसबुक एकाउन्टवाला रेमिटबाट जोगिऔं। धेरै विद्यार्थी तथा नवआगन्तुकलाई फेसबुकमा एनआरएनएका नेता वा नेपाली बीचमा चिनिएका, आफ्ना चिनजानका मानिसहरूसँग रहेको रेमिटवाला एकाउन्ट विश्वासिलो लाग्न सक्छ। सबै ठूलाबडासँग फेसबुकमा साथी छ अनि रेट पनि राम्रो दिईराको छ भन्ने लाग्ला। तर, फेसबुकको ग्रुप वा कसैसँग साथी (म्युचुअल) हुँदैमा उसले तपाईंको पैसा सुरक्षित नेपाल लैजान्छ र कानुनी हो भन्ने हुँदैन। यस्तोलाई फ्याट्टै विश्वास र रेटमा लोभ गर्दा तपाईंले पैसा गुमाउने संभावना धेरै हुनसक्छ।

नेपाली नै भनेर नलाग्नुस्। धेरैलाई नेपालीमा विज्ञापन फेसबुकमा सेयर गरेका वा नेपालीमूलकाको कम्पनी भनेर पनि झ्याप्पै नलाग्नुस्। नेपाली भाषा वा नामको प्रयोग खासमा ‘ईमोसनल’ मार्केटिंग हो। कम्पनी सही छ र उसको कारोबारको कानुनी मान्यता छ भने मात्र पैसा पठाउन उक्त कम्पनी छनौट गर्नुस्। नेपाली हुँदैमा कानुनी वा सही भएको प्रमाणित हुँदैन। आजसम्म जति पनि नेपाली विद्यार्थी वा नवआगन्तुकले गुनासो गरेका कम्पनी वा सेवाप्रदायक छन् ति सबै नेपाली नै छन्। वेस्टर्न युनियन वा रेमिट्लीले पैसा खाईदियो भनेको पनि सुनिएको छैन। त्यसैले भावनामा बगेर पैसा नडुबाउनुस्।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्