जब रेडी प्रोग्राम: ज्वाईन हुनुअघि ध्यान दिनै पर्ने कुराहरू

यतिखेर अष्ट्रेलियामा 'बुटक्याम्प' वा 'जब रेडी प्रोग्राम'को बाढी नै आएको छ। कोरोनाकालमा देखिएको 'स्किल सर्टेज'को कारण सीप र दक्षताको तिर्खाले व्याकुल बनेको अर्थतन्त्रले दक्ष र तत्काल काम गर्न सक्ने जनशक्ति खोजेको छ। र, त्यसको द्रूत आपूर्तिको माध्यम भनेको 'बुटक्याम्प' नै बनेको छ। किनभने विश्वविद्यालय तथा कलेजको कोर्ष सकाउन लाग्ने दुई वा तिन वर्षको समय बजारले कुर्न सक्ने अवस्था छैन। छिटो श्रम बजारले माग गरेको दक्ष जनशक्ति आपूर्ति गर्ने माध्यमको रुपमा उदाएका छोटो समयका व्यवसायिक तालिम कार्यक्रम नै 'बुटक्याम्प' वा 'जब रेडी प्रोग्राम' हुन्। अष्ट्रेलियाको माईग्रेसन तथा स्किल एसेसमेन्टसँग प्रत्यक्ष जोडिएको 'ट्रेड रिकग्निसन अष्ट्रेलिया (टीआरए)'ले गर्ने 'जब रेडी प्रोग्राम' भन्दा यतिखेर चर्चामा रहेका कार्यक्रम फरक हुन्।

माईग्रेसन तथा स्किल एसेसमेन्टसँग सम्बन्ध भएको जब रेडी प्रोग्रामका बारेमा यहाँबाट जान्नुहोस्: क्लिक गर्नुस्

job ready program Australia, data analyst and programming

पछिल्लो केही वर्ष देखी अष्ट्रेलिया पढ्न आउने अन्तर्राष्ट्रीय विद्यार्थिहरूले पढाई सकेपछी पनि पढाई अनुसारको जागिर र जनशक्तिमा प्रवेश गर्न नसकिरहेको तथ्य अष्ट्रेलियाको मुलधारका मिडियामा छाईरहेको छ। विशेष गरेर अष्ट्रेलियाको श्रम बजारमा दक्ष जनशक्तिको माग उच्च रहँदा पनि पढाई सकेका विदेशी विद्यार्थीले आफ्नो पढाईको क्षेत्रमा काम गर्न नसकेको वा नपाएको कारण एउटा ठूलो जनशक्ति खेर गईरहेको भन्ने खालको विश्लेषण भईरहेको छ। अधिकांश पढाई सकेर ४८५ भिजामा रहेकाहरू क्लिनिङ, हाउसकिपिङ, डेलिभरी ड्राईभर लगायतका काममा लागिरहेको तथ्यांक समेत छ। 

पछील्लो समय अष्ट्रेलियाले दिने पीआर (स्थायी आवासिय भिजा)का लागी समेत आफ्नै क्षेत्रमा काम गरेकाहरूलाई प्राथमिकतामा राख्न थालेको छ। सन् २०१७ देखी नै अष्ट्रेलियाले आफ्नो क्षेत्रमा काम गरेकाहरूलाई पीआर दिने मामलामा लचकता अपनाउँदै आएको थियो। हालै सार्वजनिक माईग्रेसन रणनीतिमा झन अन्तर्राष्ट्रीय विद्यार्थीले आफ्नो क्षेत्रमा काम गरेर अष्ट्रेलियाको 'ट्यालेन्ट मार्केट'मा जान सकेको खण्डमा पीआरका लागी थप र सहज बाटो उपलब्ध गराउने सम्म उल्लेख छ। 

यी सबै तथ्य र विमर्शहरू जति अन्तरराष्ट्रीय विद्यार्थी र 'स्कील' अनि 'माईग्रेसन'सँग जोडिएका छन् तीनले संकेत गरेको विषय के हो भने यदी विद्यार्थीसँग अष्ट्रेलियाको सीप बजार अनुसारको क्षमता छैन भने अष्ट्रेलियामा उनीहरुको लागी ठाउँ छैन। त्यसैले अष्ट्रेलिया पढ्न आउने विद्यार्थीले पढाई अनुसारको सीप बनाउनु र सम्बन्धित पेशामा काम गर्नु अति नै जरूरी छ। त्यसमा सहयोग गर्ने हिसाबले व्यवसायिक रूपमा सम्बन्धित क्षेत्रमा काम गरिरहेकाहरूले 'जब रेडी प्रोग्राम' चलाउन थालेका छन्। जसले भरखर पढाई सकाउँदै गरेका विद्यार्थीहरूलाई पढाई पछीको फुलटाईम काम गर्ने अधिकार सहितको भीजा (टीआर, सबक्लास ४८५)मा रहँदा आफ्नै क्षेत्रमा काम गर्ने वा पाउने संभावनाको सृजना गर्दछ। 

 
कतिपय जब रेडी प्रोग्रामहरूले उनीहरूको कार्यक्रम अन्तर्राष्ट्रीय विद्यार्थीका लागी उपयुक्त नहुने भनेर फाराम नै नभर्न अनुरोध गरेको पनि देख्न सकिन्छ।


कतिखेर ज्वाईन हुने जब रेडी प्रोग्राम? 

जब रेडी प्रोग्राम जतिखेर पनि ज्वाईन हुन सकिन्छ। तर त्यसका लागी आफूसँग समय, पैसा र डेडीकेसन (लगाव) हुनुपर्दछ। कलेज वा विश्वविद्यालयको पढाई, एसाईनमेन्ट र कामको दबाब छ समय मिलाउन सकिँदैन भने बिदाको समयमा यो सुरू गर्न सकिन्छ। जब रेडी ज्वाईन भएपछी नियमित कक्षामा हुने छलफल र प्रयोगात्मक अभ्यासले मात्र पुग्ने होईन आफूले पनि थप समय दिन सक्नुपर्छ त्यो दिन सकिँदैन भने समय दिन सक्ने बेलामा ज्वाईन हुनु उपयुक्त हो। 

विशेष गरेर आईटी, एकाउन्टिंग, ईंजिनियरिंग साथै सोसल वर्कको क्षेत्रमा विश्वविद्यालय वा कलेजको पढाई सकेका विद्यार्थीहरूका लागी जब रेडी प्रोग्राम चर्चामा छन्। नेपाली समुदायको धेरै हिस्सा यता जोडिएकोले पनि हुनसक्छ। पढाई सकिन एक सेमेस्टर बाँकी हुँदा वा अन्तिम सेमेस्टरमा जब रेडी ज्वाईन हुनु सबैभन्दा उपयुक्त हुन्छ। किनभने पढाई सकेपछी 'पोस्ट क्वालिफिकेसन' समयमा आफ्नै क्षेत्रको काम गर्दा त्यसले दोहोरो फाईदा हुनसक्छ। त्यसो त सेमेस्टर ब्रेक वा बिदाको समयमा पनि यसलाई समय दिन सकिन्छ। 

अष्ट्रेलियाको पीआर वा सिटीज़न नै भईसकेकाका लागी त जुन समयमा निर्णय गर्ने हो त्यो समय नै उपयुक्त हुनसक्छ। 

कुनै पनि जब रेडी प्रोग्राममा जोडिनु अघि आफैले आफैलाई सोध्नुपर्ने प्रश्नहरू: 

  • तपाईं केका लागी जब रेडी प्रोग्राममा जोडिँदै हुनुहुन्छ?
  • के तपाईंले चाहेको करिअरमा यो जब रेडी प्रोग्रामले जागिर दिलाउँदछ त?
  • के तपाईं विज्ञापन, मोडल वा बजारको हल्लाबाट निर्देशित त हुँदै हुनुहुँदैन?
  • तपाईंले पढेको विषयसँग यो कार्यक्रम मिल्छ कि मिल्दैन?
  • यदी तपाईंले यो जब रेडी प्रोग्राम ज्वाईन गरेर स्किल सिक्नुभयो भने तपाईंले जागिर पाउने संभावना कति छ? 
  • तपाईंको भिजाको कारण रोजगारदाताले जागिरमा नराख्ने सम्भावना कति छ? 
  • के तपाईं जब रेडी प्रोग्राम माईग्रेसन लक्षका लागी (पीआरका लागी सजिलो होला कि भनेर) ज्वाईन हुँदै हुनुहुन्छ?
  • के तपाईंले आफ्नो माईग्रेसन एजेन्टसँग यसका बारेमा छलफल गर्नुभएको छ? 
  • यो जब रेडीले दिलाउने जागिर (भूमिका)को 'डिमान्ड' र 'थ्रेसहोल्ड'को परिदृश्य कस्तो छ?



(यहाँ व्यक्त विचारहरू नीजि र सामान्य जानकारीका लागी हुन्, आफ्नो अवस्था र आवश्यकता अनुसारको सुझाव र परामर्शका लागी व्यवसायिक परामर्शदातासँग सल्लाह लिन अनुरोध छ।)

*सन् २०१४ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनुभएका मदनमणिले पछिल्लो तीन वर्ष 'जब रेडी प्रोग्राम'हरूमा जोडिएर काम गर्नुभएको छ।फेसेरेसन युनिभर्सिटीबाट 'सफ्टवेयर ईंजिनियरिंग'को पढाई सक्नुभएका उहाँले विभिन्न संस्थामा डेभेलोपर प्रोग्रामरका रूपमा काम गरेको अनुभव छ। हाल उहाँ वेभडेभेलोपमेन्ट तथा डिजिटल मार्केटिंग एजेन्सीसँग सम्बन्धित हुनुहुन्छ। उहाँलाई फेसबुकमा सम्पर्क गर्न सकिन्छ। -नेपालीपेज। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्