बैंकको ब्याजदर बढ्दैछ? तनाब लिने हैन योजना बनाउनुस्

अष्ट्रेलियामा आईसकेपछी र पीआर पाईसकेपछी आफ्नो करिअर र कामसँगै अष्ट्रेलियामा घर किनौं, सिड्नीको कुनै कुनामा आफ्नै घर होस् भन्ने धेरैको चाहना हुन्छ। घर र गाडीलाई अझै पनि सम्पन्नता र प्रगतीको सूचक मानिन्छ नेपालमा। त्यो सायद नेपाली जीनमा नै छ त्यसैले धेरैको आर्थिक उन्नति प्रतिककै रुपमा छ घरबार र सवारीसाधन। महँगो 'सवअर्ब'मा घर र 'लक्जरियस' गाडी हामी सबैको चाहना हो। आखिर अष्ट्रेलिया आएको नै 'क्वालिटी लाईफ अचिभ गर्न हो'। 

Mortgage rate

पछिल्लो समय कोरोना महाप्रकोप साथै विश्वव्यापी द्वन्द्व र अन्य कारणहरूले महँगी बढिरहेको छ। र अष्ट्रेलियामा घर किन्ने वा किनेकाहरुको लागी बैंकको ब्याजदर। कोरोनाको समयमा एकदशमलब ७५ को ब्याजदर रहेको घरको ऋण (Home Loan) को ब्याजदर (Interest Rate) यतिखेर छ दशमलब ३९ कटिसकेको छ। जसले गर्दा मासिक घरको मोर्टगेज (Mortgage) बढेर पहिलेको भन्दा दोब्बर भएको छ कतिको भने कतिको त्यो भन्दा पनि बढि हुन लागिसकेको छ। जसले गर्दा अष्ट्रेलिया आउनुको मुख्य कारण मानिएको 'क्वालिटी लाईफ'मा प्रत्यक्ष प्रभाव परेको छ। बैंककको किस्ता तिर्नको लागि नै दुई 'सिफ्ट' वा 'विकेण्ड'मा समेत काम गर्नुपर्ने अवस्था बनेको छ। 

कोरोनाको समयमा बैंकहरूले घरको मोर्टगेजको ब्याजदर ऐतिहासिक रूपमा सस्तो बनाएका थिए। त्यतिबेला मोर्टगेज ब्रोकरसँग राम्रो सल्लाह लिएकाहरूले चार वर्ष सम्म सस्तो ब्याजदरमा घरको मोर्टगेज (Mortgage) पाईरहेका छन्। कतिको भने 'कम्फर्टेबल' मानिएको मासिक मोर्टगेज यही वर्षसँगै नयाँ ब्याजदर अनुसार हुने भएकाले अहिले तिरेको भन्दा दोब्बर हुने देखिएकाले आत्तिनेको संख्या पनि कम छैन। अहिले सम्म मासिक १५०० देखी १८०० मोर्टगेज किस्ता भएकाहरूको अब नयाँ 'टर्म' सुरू हुँदा बढेर तीन हजार भन्दा बढी पुग्ने देखिन्छ। 

यद्यपी आगामी वर्ष बैंकको ब्याजदर घट्ने भन्ने समाचारहरू सुनिईरहेको छ। तर त्यो घट्ने प्रक्षेपणको दर थोरै रहेकाले थोरै मात्र राहत हुनसक्ने भनाईहरू पनि अष्ट्रेलियाको मुलधारका मिडियामा आईरहेको छ। तर, पहिलेको सस्तो ब्यादजरको समय सकिन लागेका कतिपयलाई भने अहिले नै बैंकले आगामी परिवर्तन पछी यति ब्याजदर हुन्छ र मासिक किस्ता यति हुन्छ भनेर चिठी पठाई सकेका छन्। जसले गर्दा अब बढ्न लागेको ब्याजदरले सृजना गर्ने अधिक खर्च कसरी जुटाउने भन्ने पनि पिरलो सुरू भएको छ। तर, ब्याजदर बढ्नु भन्दा केही महिना अगाडी नै थाहा हुनेहरूले योजनाबद्ध सुरूवात गर्ने हो भने सजिलै बढ्ने ब्याजदर र मासिक मोर्टगेज किस्ता मिलाउन सकिने लामो समय देखी घर जग्गामा लगानी गरेका र मोर्टगेज ब्रोकरहरू बताउनु हुन्छ। थप काम गर्ने, आफ्नो दक्षता बढाएर बढी कमाई हुने पेशामा लाग्ने देखी श्रीमान श्रीमती दुवैले फुलटाईम काम गर्ने, नेपालबाट बा-आमालाई बोलाएर बालबालिकाको तालिका र घरको आर्थिक तनाबमा पारिवारिक सहयोग लिने लगायतका धेरै विकल्पसँगै ब्याजदर कम पर्ने गरेर 'रिफाईनान्स' गर्ने उपाय पनि रहेको समुदायका मोर्टगेज ब्रोकरहरू बताउनु हुन्छ।

लामो समय चार्टर्ड एकाउन्टेन्ट साथै फाईनान्स हेड भएर काम गर्नुभएका सिड्नीका परिचित कंगारू लोन्स (Kangaroo Loans) का मोर्टगेज ब्रोकर राम अर्याल बढ्न लागेको मोर्टगेज र बैंकको ब्याजदरको प्रभावलाई व्यवस्थित गर्नको लागी अहिले ऋण रहेको बैंक बाहेकका विकल्पमा पनि जानुपर्ने बताउनु हुन्छ। 'एउटै लेण्डरमा बस्नुभन्दा पनि लेण्डर परिवर्तन गर्ने 'लोन सपिंङ' गर्नुपर्छ, कतिपय अवस्थामा ५‍.३ प्रतिशत भन्दा तल पनि 'रिफाईनान्स' गरिरहेका छौं' उहाँको भनाई छ। यसमा ऋण र घरको मुल्यको अनुपातले पनि धेरै भूमिका खेल्ने उहाँको भनाई छ।

पुरानो सस्तो ब्याजदरको 'फिक्स्ड लोन'को समय सकिएकाहरूले बजारमा उपलब्ध सबै विकल्प हेर्ने हो भने सतहमा आएका भन्दा केही कम ब्याजदर मिल्ने र मासिक मोर्टगेज सस्तो पर्ने अवस्था पर्ने अवस्था हुने पनि नेपाली समुदायका मोर्टगेज ब्रोकरहरूको भनाई रहँदै आएको छ।   


* यहाँ व्यक्त विचार तथा जानकारी सामान्य ज्ञान दिनेखालको छ। यसलाई व्यवसायिक सुझावको रूपमा लिन सकिँदैन। यहाँहरूको आफ्नो अवस्था र आवश्यकता अनुसारको परामर्श तथा  सेवाका लागी अख्तियार प्राप्त आर्थिक सल्लाहकार वा मोर्टगेज ब्रोकरसँग छलफल गर्नुहोला। (नेपाली मोर्टगेज ब्रोकर खोज्दै हुनुहुन्छ भने नेपाली पेजको मोर्टगेज ब्रोकरहरूको लिस्ट यताबाट हेर्नुस् Nepali Mortgage Brokers) बढ्दो मोर्टगेजको तनाबमा हुनुहुन्छ भने यो पनि पढ्नुस्: Plan to manage Mortgage Stress 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्