सम्पर्कमा आए सिड्नीमा हराएका दुई नेपाली किशोर

विद्यालयबाट अष्ट्रेलिया भ्रमणमा आएका र केही दिन अघि सम्पर्क विहिन भएका दुई नेपाली किशोर सम्पर्कमा आएका छन्। १४ वर्ष उमेरका दुई किशोर सिड्नीको फरक फरक स्थानबाट सम्पर्क विहिन भएपछी न्यू साउथवेल्स प्रहरीले उनीहरूको खोजीका लागी सामुदायिक अपिल गरेको थियो। 

Missing Nepalese boys found safe in Sydney

विद्यालयबाट शैक्षिक भ्रमणमा अष्ट्रेलिया आएका १४ वर्षका मविन्द्र पुन आईतबार (२१ जनवरी २०२४) राउसन प्लेस हे मार्केटमा पछिल्लो पटक देखा परेका थिए। उनी २५ जनवरी २०२४  बिहिबार सिड्नीको बरउडबाट सकुशल सम्पर्कमा आएका छन। न्यू साउथवेल्स प्रहरीले उनीसँगै सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्क विहिन बनेका १४ वर्षका सौरभ पुन पनि सम्पर्कमा आएका छन्। 


Missing Nepalese Teenager Found Safe


सौरभ पनि अष्ट्रेलिया विद्यालयको भ्रमण टोलीको सदस्यका रूपमा आएका थिए। सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार २३ जनवरी २०२४ साँझ साढे छ बजे पछी सम्पर्कमा नआएका उनी २४ जनवरी २०२४ को राती ११ बजे सिड्नीबाट निक्कै पर कफ हार्बरबाट सकुशल सम्पर्कमा आएका छन्। 

Missing Nepalese Teenager Found Safe

उनीहरू नेपालको राजधानी काठमाण्डौंको एक विद्यालय एन्जल्स हार्ट नेशनल स्कुलको फुटसल टीमबाट गोल्डकोस्टमा एक प्रतियोगीतामा भाग लिन आएका थिए। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्