सिड्नीमा रेलको ठक्करबाट दुईको निधन

नर्थ सिड्नीमा मालबाहक रेलले ठक्कर दिँदा दुईजनाको निधन भएको छ। नर्थ सिड्नीको बेरोवा स्टेशनमा गएराती मालबाहक रेलको ठक्करबाट ३० वर्षको आसपासकी महिला र २० वर्ष आसपासका युवकको निधन भएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ। 

Train Station

शुक्रबार विहान १२ बजे बेरोवा स्टेशनमा दुई जनालाई रेलले ठक्कर दिएको भनेर आपतकालिन सेवालाई खबर गरिएको थियो। उनीहरूलाई न्यूसाउथवेल्स एम्बुलेन्सका प्यारामेडिक्सहरूले घटनास्थलमै उपचार गरेका थिए। उनीहरू दुवैको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको छ। कुरिङगाई ईलाका प्रहरी कार्यालय (पुलिस इरिया कमाण्ड)का अनुसन्धान अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। 

मृतहरूको पहिचान खुलिसकेको छैन। 


Anyone with information about this incident is urged to contact Crime Stoppers: 1800 333 000 or https://nsw.crimestoppers.com.au. Information is treated in strict confidence. 


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्