हुण्डी गर्ने दुई काठमाण्डौंमा समातिए

Hundi Operated Hand Cuffed

नेपाल प्रहरीले हुण्डी कारोबारमा संलग्न दुईलाई काठमाण्डौंमा पक्राउ गरेको छ। हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-५ घर भएका काठमाडौं कपन बस्ने ३९ वर्षिय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भएका सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले काठमाण्डौं महानगरपालिका-२२ महाबौद्ध क्षेत्रमा आधार बनाएर गौतमको समुहले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तिय कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीले भिमसेनको साथबाट नगद ८ लाख, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत बरामद गरेको छ। उनीहरूलाई कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। 

यो पनि पढ्नुसः नेपाल पैसा पठाउँदा ध्यान दिनै पर्ने कुरा


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्